असार २५, २०८२ बुधबार July 9, 2025

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन कास्कीको अध्यक्षमा विष्णु कार्की निर्वाचित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन कास्कीको अध्यक्षमा विष्णु कार्की सर्वसम्मत निर्वाचित भएकी छिन् । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट संगठनको शनिबार पोखरामा भएको अधिवेशनले कार्कीलाई सर्वसम्मत अध्यक्ष चुनेको हो ।

संगठनको उपाध्यक्षमा सिता जिसी, सविरा खातुन, सरला पौडेल, सुष्मा त्रिपाठी र चन्द्रा गुरुङ निर्वाचित भएकी छिन् । यस्तै, सचिवमा सुमिता श्रेष्ठ, प्रनिषा पौडेल र उषा माता निर्वाचित भएका छन् भने संगठनको प्रवक्तामा कमला भण्डारी चापागाई चयन भएकी छिन् ।

अधिवेसनले संगठनको कोषाध्यक्षमा विष्णुकुमारी गुरुङ, सहकोषाध्यक्षमा दुर्गादेवी राना र कुमारी हमाललाई चयन गरेको छ । सदस्यहरुमा निर्मला बास्तोला, पुष्पा मल्ल ठकुरी, शान्ति भट्टराई सुवेदी, सुकमाया सार्की, गीता लामिछाने, भवानी जलारी, माता भण्डारी, जमुना भण्डारी, मनमाया थापा, गंगा सुनार र सीता विश्वकर्मा रहेकी छिन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकीका अध्यक्ष पञ्चराम गुरुङको प्रमुख आतिथ्यतामा भएको जिल्ला अधिवेसनमा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनका केन्द्रिय अध्यक्ष अञ्जना शाह रावल, पार्टीका जिल्ला अध्यक्ष नारायण गुरुङ लगायतका नेताहरुको उपस्थिति रहेको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले जानकारी दिए ।

संगठनको अध्यक्ष निर्वाचित भएपछि कार्कीले कास्कीका सबै स्थानीय तह र वडा तहस्तरमा संगठनलाई विस्तार गर्ने बताएकी छिन् । यसअघि संगठनका सचिव र पार्टीका प्रदेश सदस्य रहेकी कार्कीले पार्टीको विधान र उदेश्य अनुरुप तनमन लगाएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् ।

कार्यक्रमका प्रमुख अतिथी पार्टी गण्डकीका अध्यक्ष गुरुङले नवनिर्वाचित राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको जिल्ला कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिए । राप्रपालाई अघि बढाउन महिलाको उल्लेख्य योगदान रहेको उनले बताए । संगठनका केन्द्रय अध्यक्ष रावलले आगामी तीन महिनाभित्र संगठनको केन्द्रिय अधिवेसन सम्पन्न गर्ने बताइन् ।

राप्रपा कास्कीका अध्यक्ष गुरुङले कास्कीका महिलालाई संगठनमा आवद्ध गराउन आह्वान गरे । राष्ट्रवादी शक्तिलाई एकजुट बनाउन आवश्यक भएको भन्दै उनले महिला संगठनको भूमिका महत्वपूर्ण रहने बताए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार