असार २५, २०८२ बुधबार July 9, 2025

बागमती प्रदेशसभा बैठक बस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बागमती प्रदेशसभाको बैठक आज दिउँसो  २ बजे बस्ने भएको छ  । प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले आज बस्ने बैठकमा यही  असार १ गते प्रदेश सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत भएको बजेटमाथि छलफल हुनेछ ।

 प्रदेशसभा बैठक बस्नुअघि कार्य व्यवस्था परामर्श समितिको बैठक पनि मध्याह्न १२ बजे बस्दैछ ।  प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले) को तर्फबाट सरकारले प्रस्तुत गरेको आवको बजेटमाथि संशोधन गरियोस् भनी प्रस्ताव दर्ता गर्ने प्रदेशसभा सदस्य रामेश्वर फुँयालले जानकारी दिनुभयो ।

प्रदेश सरकारले आगामी आवका लागि कुल रू. ७० अर्ब ९३ करोड अनुमानित बजेट सार्वजनिक गरेको छ । सार्वजनिक कुल बजेटमध्ये चालुतर्फ रु. १९ अर्ब दुई करोड, पुँजीगततर्फ रु. ४१ अर्ब ५६ करोड, वित्तीय हस्तान्तरणतर्फ रु. आठ अर्ब र वित्तीय व्यवस्थापनतर्फ रु. दुई अर्ब बजेट विनियोजन गरिएको छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया