असार ३२, २०८२ बुधबार July 16, 2025

बहराइनका लागि आवासीय राजदूतमा वाग्ले नियुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा तीर्थराज वाग्लेलाई बहराइनका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।

यसैगरी, उहाँले संयुक्त राज्य अमेरिकाका लागि आवासीय राजदूत प्रा.श्रीधर खत्रीलाई गणतन्त्र मेक्सिकोका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले साे जानकारी दिनु भएकाे हाे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया