काठमाण्डौंः सहरी विकासमन्त्री मेटमणि चौधरीले राजनीतिक सहमतिका आधारमा सङ्घ र प्रदेशसभा निर्वाचनको मिति घोषणा हुने बताउनुभएको छ ।
दाङको लमहीमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै मन्त्री चौधरीले आउँदो मङ्सिरमा निर्वाचन गर्ने गरी छलफल भइरहेको बताउनुभयो ।
मन्त्री चौधरीले निर्वाचनबारे दलहरूबिच सहमति भएको र सरकारले केही दिनमा आधिकारिक रुपमा मिति घोषणा गर्ने बताउनुभयो ।
लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष निर्वाचन भएको भन्नुहुँदै मन्त्री चौधरीले सरकारको प्रमुख ध्यान निर्वाचनमा हुने बताउनुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया