असार २९, २०८२ आइतबार July 13, 2025

अभिभावकविहीन बालबालिकालाई निःशुल्क आवासीय शिक्षा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बागलुङको तमानखोला गाउँपालिकाले बेसहारा र अनाथ बालबालिकालाई निःशुल्क शिक्षा दिन थालेको छ । पालिकाले १६ बालबालिकाका लागि बालगृहमा राखेर शिक्षा दिन थालेको छ ।

गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले दोस्रो कार्यकालको पदभार ग्रहण गर्ने बेलामै पालिकामा उत्कृष्ट अङ्क ल्याउने तीन विद्यार्थीलाई एमबीबीएस पढाउने र अभिभावक नभएका बेसहारा तथा अनाथ बालबालिकाको लालनपालन र माध्यमिक शिक्षाको ग्यारेन्टी गर्ने गरी बालगृह सञ्चालन गर्ने योजना एक महिनामै कार्यान्वयनमा ल्याउनुभएको हो ।

दुर्गम मानिने तमानखोला गाउँपालिका–३ तमान गाउँमा पालिकाले बालगृह सञ्चालन गर्न थालेको छ । बालगृहमा अहिले १६ बालबालिकालाई आश्रय दिएर गाउँपालिकाले निःशुल्क शिक्षाको व्यवस्थापन मिलाएको छ । अभिभावक गुमाएका, शिक्षाबाट वञ्चित भएका र पालनपोषणको अभावमा विद्यालय आउन नसकेका बालबालिकालाई पालिकाले बालगृहमा राखेर अध्ययन गराउन बालगृह सञ्चालनमा ल्याएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताउनुभयो ।

उनीहरूले नजिकको सामुदायिक विद्यालयमा अध्ययन गर्ने छन् । कक्षा १२ सम्म पालिका र बालगृह सञ्चालन समितिले निःशुल्क पठनपाठनसँगै खाना र आवासको व्यवस्थापन गर्ने भएको छ ।

प्रत्येक महिना कम्तीमा दुई पटक उनीहरूको स्वास्थ्य परीक्षण गरिने, अध्ययनलाई राम्रो बनाउन पालिका र समितिले हेरचाह गर्ने गरी कार्यक्रम अगाडि बढाइएको अध्यक्ष बुढामगरले बताउनुभयो ।

“अभिभावक नभएका, शिक्षा लिनबाट वञ्चित भएका र असहाय बालबालिकाको कक्षा १२ सम्म पठनपाठन र आवससहितको सेवा गाउँपालिकाले दिन्छ, पालिकामा बालबालिका कोही पनि पढ्नबाट वञ्चित नहोस् भन्ने हिसाबले हामीले अहिले बालगृहको सञ्चालनमा ल्याएको हौँ”, अध्यक्ष बुढामगरले भन्नुभयो ।

गाउँपालिकाको रु दुई लाख अनुदानसहित थालनी गरिएको बालगृह कोषमा शिक्षाप्रेमीबाट रु आठ लाख गरी १० लाख जम्मा भइसकेको छ । यस्तै गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षलगायत जनप्रतिनिधिले समेत आफूले पाउने पारिश्रमिकको पाँच प्रतिशत रकम आफ्नो कार्यकाल अवधिभर बालगृहलाई दिने गरी अभियान चलाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार