काठमाण्डौः नेकपा एकता राष्ट्रिय अभियानको संयोजकबाट वामदेव गौतम निष्कासित भएका छन् ।
गत असार ११ गते ललितपुरको सिद्धार्थ कटेजमा भएको अभियानको दोस्रो भेलाबाट अभियानमा जोडिएका समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा(राष्ट्रवादी) र आम नेपाली पार्टी अध्यक्षहरूले छुट्टै बैठक बसेर बहुमतको निर्णयले गौतमलाई संयोजकबाट निष्कासित गरेको उल्लेखित पार्टीका अध्यक्षहरूले हस्ताक्षर गरेको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।
चार पार्टीको बैठकले अभियानको संयोजकमा सचिवालय सदस्य युवराज सफललाई चयन गर्दै गत असार ११ मा निर्माण गरिएको केन्द्रीय समिति भंग गरी ११ सदस्यीय नयाँ केन्द्रीय समिति घोषणा गरेको जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया