श्रावण ५, २०८२ सोमबार July 21, 2025

स्टाइल, पफर्मेन्स र माइलेजले चलेका २ स्कुटर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः स्कुटर पछिल्लो एक दशकमा सधैभन्दा धेरै ग्रोथ स्कुटर सेग्मेन्टमा भएको पाइन्छ । सुरुमा १०० र ११० सीसीका स्कुटर मात्रै चल्तीमा रहेको भएपनि आजकल १२५ सीसी सेग्मेन्ट निकै चर्चामा रहेको छ ।

नेपालमा १२५ सीसी सेग्मेन्टको ढोका होन्डा ग्राजिया र टीभीएस एनटर्कले खुल्ला गरेको हो । अहिले यो सेग्मेन्टमा उपलब्ध स्कुटर टीभीएस एनटर्क १२५, होन्डा ग्राजिया १२५ र यामाहा रेजेडआर १२५ उत्कृष्ट मानिन्छ ।

पेट्रोलको मूल्य आकाशिएसँगै धेरै माइलेज दिने साधन खोज्ने मानिस धेरै भेटिन्छन् । जसको कारण यी तीन स्कुटर बीच आकर्षक, पावर र माइलेजमा समेत प्रतिस्पर्धा भइरहेको छ ।

यसमा टीभीएस स्कुटर पावर र फिचरका कारण लोकप्रिय छन् भने होन्डा र यामाहाका स्कुटर माइलेजका कारण चर्चामा छन् ।

यामाहा मोटरसाइकलको लागि नेपालको आधिकारिक विक्रेता कम्पनी एमएडब्ल्यू इन्टरप्राइजेजले रेजेडआर १२५ एफआईले ५८ किलोमिटर माइलेज दिने दावी गरेको छ । कम्पनीले समय समयमा माइलेज टेष्ट कार्यक्रमसमेत आयोजना गर्दै आएको छ ।

त्यस्तै होन्डा मोटरसाइकल तथा स्कुटरको लागि नेपालका आधिकारिक विक्रेता कम्पनी स्याकार ट्रेडिङले ग्राजिया १२५ ले ५४ किलोमिटर माइलेज दिने दावी गर्दै आएको छ । कम्पनीले जिम्मेवार नागरिक भन्दै पेट्रोल बचत गर्ने क्याम्पेनै चलाउँदै आएको छ ।

बजारमा उपलब्ध दुई माइलेज धेरै दिने स्कुटर होन्डा ग्राजिया र यामाहा रेजेडआर बीचको तुलनात्मक विभिन्नता यहाँ उल्लेख गरेका छौं ।

लुक्स

यी दुबै स्कुटर आकर्षक डिजाइनमा रहेको छन् । यी दुबै स्कुटरको बडी मस्कुलर र एग्रेशिभ रहेको छ ।

इन्जिन

होन्डा ग्राजियामा १२३.९७ सीसी फोर स्ट्रोक फ्यान कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ६००० आरपीएममा उच्चतम ८.२५ पीएस पावर र ५००० आरपीएममा उच्चतम १०.३ एनएम टर्क जेनेरेट गर्छ ।

त्यस्तै रेजेडआर मा १२५ सीसी फोर स्ट्रोक एयर कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ६५०० आरपीएममा ८.२ पीएस पावर तथा ५००० आरपीएममा १०.३ एनएम टर्क जेनेरेट गर्छ । यी दुबै स्कुटरको पावर समान रहेको छ ।

ब्रेक/सस्पेन्सन/टायर

यी दुबै स्कुटरमा डिस्क ब्रेक तथा ड्रम ब्रेकको कम्बीनेसन पाउन सकिन्छ । त्यस्तै यी दुबै स्कुटरमा १२ इन्चको ट्यूवलेस टायर प्रयोग गरिएको छ । त्यस्तै होन्डा ग्राजियको फ्रन्टमा टेलीस्कोपीक सस्पेन्सन तथा रियरमा ३ स्टेप एड्जष्टएबल स्प्रीङ लोडेड हाइड्रोलिक सस्पेन्सन दिइएको छ ।
यामाहा रेजेडआरको फ्रन्टमा भने टेलीस्कोपीक र रियरमा यूनिट स्वीङ सस्पेन्सन पाउन सकिन्छ ।

डाइमेन्सन

यामाहा रेजेडआर यो सेग्मेन्टमा नै सबैभन्दा कम तौल भएको स्कुटर हो । यसको तौल ९९ केजी रहेको छ भने होन्डा ग्राजियाको तौल १०८ केजी छ ।

ग्राजियामा १२६० एमएमको ह्वीलवेस र ग्राउन्ड क्लियरेन्स १७१ एमएम रहेको छ । त्यस्तै रेजेडआरको १२८० एमएम ह्वीलवेस र ग्राउन्ड क्लियरेन्स १४५ एमएम रहेको छ ।

फिचर

यी दुबै स्कुटरमा किक तथा सेल्फ स्टार्ट अप्सन पाउन सकिन्छ । होन्डा ग्राजियामा फुल एलइडी क्लस्टर रहेको छ भने यामाहा रेजडआरमा सेमी डिजिटल क्लस्टर पाउन सकिन्छ । मेरोअटो

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया