असार २५, २०८२ बुधबार July 9, 2025

अर्थमन्त्रीलाई बर्खास्त गरी फौजदारी अभियोगमा कारवाही अघि बढाउन विवेकशील साझाको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आर्थिक वर्ष २०७९/८० को बजेट संसदमा पेश हुने अघिल्लो राती (जेठ १४ गते) अर्थमन्त्रालयमा अर्थमन्त्रीकै स्वीकृतिमा दुई जना अनाधिकृत व्यक्तिहरुले आर्थिक विधेयकमा करको दायरा थपघट गरेको विषय गम्भीर राष्ट्रद्रोह हो।

हामी यथाशिघ्र उक्त दिनको सिसिटिभि फुटेज सार्वजनिक गर्न, आरोपित अर्थमन्त्रीलाई बर्खास्त गर्न र उनीमाथी तत्काल कानुनी कारवाही अगाडी बढाउन जोडदार माग गर्दछौँ।

बजेटजस्तो संवेशनशील सार्वजनिक दस्तावेजमाथी सरकारको मन्त्रीको नेतृत्वमा किर्ते हुनु, विदेशी नागरिक सहित व्यापारिक स्वार्थ जोडिएका अनाधिकृत व्यक्तिहरुलाई गोप्य दस्तावेजमा मध्यराति केरमेट हुनु हाम्रोलागि राष्ट्रिय लज्जाको विषय हो।

संदिग्ध अर्थमन्त्रीमाथी राष्ट्रद्रोहको फौजदारी अभियोग लगाएर अनुसन्धान हुनुपर्ने मुद्दामा संसदीय छानविन पनि हुन नसक्नु र अनुसन्धानमा सहायक हुने सिसिटिभि फुटेज सार्वजनिक तथा सरकारी निकायले तीन महिनासम्म सीसीटीभी फुटेजको अभिलेख सुरक्षित राख्नुपर्ने सीसीटीभी जडान तथा सञ्चालन कार्यविधि, २०७२ को व्यवस्था विपरित अर्थमन्त्रालयले १३ दिनमै मेटिएको प्रतिक्रिया दिनुले यो घटनामा सत्ता गठबन्धन र प्रतिपक्षी दलको समेत मिलेमतो रहेको पुष्टि हुन्छ।

यो सामान्य सरकारी कागज किर्ते मात्र नभएर सार्वजनिक पदको लाभ उठाई विश्वासको दुरुपयोग गरेर सार्वजनिक कार्यालयमा गरेको संगठित कसुर भएकाले अपराध संहिता २०७४ को ३८ (ग),(घ),(च),(फ) अनुसार यो गम्भीर कसुर हो, राष्ट्रद्रोह हो।

यही सहिंताको २७६(२) अनुसार ‘बिना अधिकार बेइमानीपूर्वक लिखत केरीमेटी व्यहोरा फरक पारेमा’ सात वर्षसम्म कैद सजायको व्यस्था छ। त्यस्तो किर्ते भएको कागज जानीजानी व्यवहारमा ल्याएमा तिन वर्ष कैदको व्यवस्था छ।

यी कानुनका व्यवस्थाहरु सबै कसुरदारलाई बराबरी लागु हुन्छन र कोहि पनि कानुनकको कठघराबाट उम्किन सक्दैन। तत्कालै संलग्नलाई कानुन बमोजिम हिरासतमा लिइ कारवाही अगाडी बढाइयोस्।

असम्बन्धित, अनाधिकृत, स्वार्थ जोडिएका र त्यसमाथी विदेशी नागरिक समेत संलग्न भई करको दर थपघट गर्नु र घटनालाई थप ढाकछोप गर्नु गैरकानुनी कर्म र जवाफदेहिताको खिलाप मात्र छैन यो नागरिक सर्वोच्चताको अपमान हो र राज्यको वैधानिक सत्तामाथी गुण्डागर्दी हो।

यो कानुनी मात्र भन्दा बढी हामीले दुःखले स्थापित गरेको व्यवस्था र संवैधानिक प्रवन्धको धज्जि उडाएर कसरी सिमित स्वार्थ समुहरुले राज्यसत्तामाथी लुटतन्त्र मच्चाएका छन भन्ने पछिल्लो पुष्टि हो।

यस घटनामा संलग्न अर्थमन्त्री लगायतका व्यक्तिहरुमाथी तत्काल छानविन गरी कारवाही हुन जरुरी छ।

छानविन प्रक्रियामा सहजताका लागि अर्थमन्त्रीले तत्कालै पदबाट राजिनामा गर्न र अन्यथा प्रधानमन्त्रीलाई तत्काल पदबाट बर्खास्त गरी फौजदारी अभियोजन शुरु गर्न सरोकारवाला राज्यका निकायहरुसँग हाम्रो माग छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार