असार २५, २०८२ बुधबार July 9, 2025

प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गणपुरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बुधबारको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ। प्रतिनिधिसभाको बैठकमा सामाजिक सुरक्षा पहिलो संशोधन विधेयक संशोधनका लागि सभामुख अग्निप्रसाद सापकोटाले निर्णायार्थ प्रस्तुत गर्नुभए पनि गणपुरक संख्या नपुगेपछि बैठक स्थगित भएको हो।

सांसद झपटबहादुर रावलले प्रतिनिधिसभामा निर्णायार्थ प्रस्तुत प्रस्ताव पास गर्नु अगाडि उपस्थितिको संख्या गणनाको माग राख्नुभएपछि गणना गर्दा गणपुरक संख्या नपुगेको हो।

कार्यसूची अनुसार सभामुख सापकोटाले सामाजिक सुरक्षा पहिलो संशोधन विधेयक राज्य व्यवस्था तथा सुशासन प्रतिवेदनको क्रम संख्या १ देखि ४ सम्म उल्लेखित संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो।

प्रस्ताव पारित गर्न संविधानको धारा ९४ अनुसार एक चौथाई अर्थात् ६९ सदस्य उपस्थित हुनुपर्छ। बैठकमा ६७ सदस्यमात्र उपस्थित भएको भन्दै सभामुख सापकोटाले कार्यसूचीबाट बाँकी कार्यक्रम हटाएर अर्को बैठक बिहीबार दिउँसो २ बजे बस्ने सूचना सुनाउनुभएको हो।

बुधबारको अघिल्लो बैठकसमेत गणपुरक संख्या नपुगेर १५ मिनेटका लागि स्थगित भएको थियो। अघिल्लो बैठकमा ६९ सदस्य उपस्थित हुनुपर्नेमा ६५ सदस्य मात्र उपस्थित थिए। अघिल्लो बैठकमा औषधि (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्न लाग्दा गणपूरक सङ्ख्या नपुगेपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गर्नुभएको थियो ।

बैठकमा नेमकिपाका सांसद प्रेम सुवालले गणपूरक सङ्ख्या नपुगेको भन्दै नियमापत्ति गरेपछि सभामुख सापकोटाले बैठकमा ३ मिनेट जनाऊ घण्टी बजाएर सांसदहरूको सङ्ख्या यकीन गर्न सचिवालयका कर्मचारीलाई निर्देशन दिनुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार