असार २९, २०८२ आइतबार July 13, 2025

६० दिनभित्र शिक्षकको सम्पत्ति विवरण पठाउन निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय किताबखाना (शिक्षक) ले शिक्षकहरुको सम्पत्ति विवरण पठाउन आग्रह गरेको छ । भ्रष्टाचार निवारण ऐन तथा अख्तियार दुरुपयोग अनुसन्धानको ऐन अनुसार प्रत्येक आर्थिक वर्षको समाप्ति पछि सम्पत्ति विवरण पेस गर्नु पर्ने भएकोले शिक्षकहरुको सम्पत्ति विवरण पठाउन आग्रह गरेको हो ।

प्रत्येक शिक्षकले आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारको नममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक सम्पत्ति विवरण पेस गर्नु पर्ने प्रावधान भएकोले जिल्ला अन्र्तगत सामुदायिक विद्यालयहरुमा कार्यरत स्थायी शिक्षकहरुको विवरण पठाउने व्यावस्था गर्न गराउन सबै स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइलाई आग्रह गरेको छ ।

साथै शिक्षकहरुको आर्थिक वर्ष २०७७/०७८ को सम्पत्ति विवरण नेपाल नेपाल राजपत्र भाग ५ खण्ड ६० संख्या १ नेपाल सरकार , प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलयको सूचनामा तोकिएको ढाँचामा सम्पत्ति विवरण फारम भरी विद्यालय वा स्थानीय तहले संकलन गरी सम्बन्धीत जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइहरुमा बुझाउनु पर्ने र इकाइले साउन १ गतेदेखि २९ गतेभित्र राष्ट्रिय किताबखानामा पठाउन भनिएको छ ।

त्यसैगरी आर्थिक वर्ष २०७८ /०७९ भित्र सेवानिवृत्त भएको शिक्षकले समेत उपर्युक्त अनुसार सम्पक्ति विवरण बुझाउनु पर्ने छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० उपदफा (१) तथा अििख्तयार दुरुपयोग अनुसन्धानको ऐन, २०४८ को दफा ३१ (क) मा सम्पत्ति विवरण पेस गर्नुपर्ने प्रावधान रहेको छ । खबर एजुकेशन

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार