असार २४, २०८२ मंगलबार July 8, 2025

एटीएममा किन हुन्छ ४ अंकको पिन कोड ? यस्तो छ रोचक किस्सा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जसरी प्रविधिको विकास भएको छ, त्यसरी नै मानिसको जीवनमा सुविधा पनि उपलब्ध भएको छ । अत्याधुनिक उपकरणको प्रयोगले आज अत्यन्तै कठिन कार्यहरू पनि सहज रूपमा सम्पन्न भइरहेका छन्।

कुनै बेला पैसा जम्मा गर्न र झिक्न बैंकमा लामो लाइन लाग्ने गरेको थियो । बिस्तारै समय परिवर्तन भयो र खातावालाहरूले पैसा निकाल्न बैंक आउन नपरोस् भनेर बैंकहरूले आफ्ना एटीएमहरू जडान गर्न थाले। बैंकिङ इतिहासमा एटीएम सबैभन्दा ठूलो उपलब्धि हो। बैंकले आफ्ना खातावालाहरूलाई कार्ड दिन्छ, जसलाई ग्राहकले उक्त बैंकको एटीएम मेसिनमा हालेर पिन कोड प्रविष्ट गरेर आफ्नो पैसा निकाल्न सक्छ।

अहिले कार्डमार्फत जुनसुकै बैंकको एटिएमबाट पैसा निकाल्न सकिन्छ । आज हामी तपाईलाई एटीएम पिनसँग सम्बन्धित रोचक जानकारी दिदैँछौंँ । किन एटीएम पिन मात्र ४ अंकको हुन्छ ???

स्कटल्याण्डका वैज्ञानिक जोन एड्रियन शेफर्ड ब्यारोन एटीएम मेसिनका आविष्कारक हुन् । जोनले सन् १९६९ मा एटीएम मेसिनको आविष्कार गरेका थिए । अहिले डिजिटल भुक्तानी र मोबाइल बैंकिङको युग भए पनि एटिएम मेसिनको लोकप्रियता आज पनि कायमै छ ।

अब कुरा गरौं किन एटीएमको पिन कोड मात्र ४ अंकको राखिएको हुन्छ । जब जोनले एटीएम मेसिन बनाइरहेका थिए र यसमा कोडिङ सिस्टम राख्दै थिए, जोन सुरुमा यसलाई ६ अंकको बनाउन चाहन्थे। जब उनले आफ्नी श्रीमती क्यारोलिनलाई एटीएम चलाउन दिए, क्यारोलिनले बारम्बार २ अंक बिर्सिन् र उनलाई सधैं ४ अंक याद गरिन् ।

औसत मानव मस्तिष्कले ६ को सट्टा ४ अंक मात्र सम्झन सक्ने जोनले अनुमान गरे । यसपछि जोनले एटीएमको पिन ६ अंकको सट्टा ४ अंकमा परिवर्तन गरे । तर, ६ अंकको पिन राख्नुको पछाडि जोनको उद्देश्य एटीएमलाई सुरक्षित बनाउनु थियो। एजेन्सीको सहयोगमा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार