असार २४, २०८२ मंगलबार July 8, 2025

कुन अंग फर्फराउँदा के काे संकेत गर्छ ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः  मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै आशंका गरिरहेको हुन्छ । शरीरको विभिन्न अंग फर्फराउनुले भविष्यमा हुने घटनाबारे जानकारी दिन्छ ।

समुन्द्र शास्त्र अन्तर्गत कुन अंग फर्फराउँदा भविष्यमा कस्ता घटना हुन सक्छन् भन्ने विषयमा विस्तृत रूपमा वर्णन गरिएको छ । शरीरका अंग फर्फराउनुले भविष्यमा हुने राम्रो र नराम्रो घटनाबारे संकेत गर्छ । थाहा पाउनुहाेस कुन अंग फरफराउँदा के काे संकेत गर्छ ?

१. निधार फर्फराउँदा भौतिक सुख भोगको अवसर प्राप्त हुन सक्छ ।

२. दाहिने आँखाको आँखीभौ र आँखा फर्फराउँदा चाहेका सबै इच्छा पूर्ण हुन्छ । बायाँ आँखा र आँखीभौ फर्फराउँदा शुभ समाचार प्राप्त हुन्छ । तर, यदी दाहिने आँखा फर्फराए शारीरिक कष्ट हुने गर्छ ।

३. दुवै गाला फर्फराउँदा धन प्राप्त हुन्छ ।

४. ओठ फर्फराउँदा मिल्ने व्यक्तिको आगमन हुन्छ । मुख फर्फराउँदा छोराबाट शुभ समाचार प्राप्त हुन सक्ने सम्भावना हुन्छ ।

५. चिउँडो फर्फराउँदा स्त्रीसुख मिल्छ र साथमा धनलाभ हुने सक्ने सम्भावना हुन्छ ।

६. दाहिने काँध फर्फराए धन सम्पत्ति हात पर्न सक्छ भने बायाँ काँध फर्फराउँदा सफलता प्राप्त हुने तर दुवै काँध फर्फराए झगडाको सम्भावना बढ्छ ।

७. ढाड फर्फराए केही विपदको सम्भावना रहन्छ ।

८. छाती फर्फराउँदा साथीसँग भेट हुन सक्छ । मुटुको उपल्लो भाग फर्फराए झगडा हुने सम्भावना रहन्छ ।

९. हात फर्फराए मानिस कुनै विपत्तिमा फस्न सक्छ । हातको औँला फर्फराए साथीहरूसँग भेट हुने सम्भावना रहन्छ ।

१०. दाहिने खुट्टा फर्फराए कठिनाई मना गर्नुपर्ने हुन्छ भने बायाँ खुट्टा फर्फराउँदा कतै यात्रा गर्ने सम्भावना रहन्छ ।

अहिलेको समयमा यी कुराहरुको धेरै मानिसले विश्वास गर्दैनन् । तर, यी सबै कुरा झुटो हो भनेर नर्कानु हुदैन । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार