असार २१, २०८२ शनिबार July 5, 2025

त्रिकोणात्मक क्रिकेट शृंखलाः नेपालले ओमानलाई दियो २ सय ५० रनको लक्ष्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गत तेस्रो खेलमा नेपालले ओमानलाई २ सय ५० रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा ओमानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८  विकेटको क्षतिमा २ सय ४९ रनको योगफल तयार पारेको हो।

सिरिजको पहिलो खेलमा ओमानसँग १८ रनले पराजित भएको घरेलु टोली त्यसको बदला लिने योजनामा छ। जारी सिरिजमा नेपालले बनाएको यो नै सर्वाधिक योगफल हो।

दोस्रो विकेटका लागि पारस र ज्ञानेन्द्रले ५९ रनको साझेदारी गर्दै नेपालको इनिङ उकासेका थिए। नदीमको २४औं ओभरको पहिलो बलमा सट खेल्नेक्रममा पारस मिडअफमा सन्दीप गौडबाट ३८ रनमा क्याच आउट हुन पुगे। पारसले ३४ बलमा ६ चौका र १ छक्का प्रहार गरे।

पारस आउट भएको दुई बलपछि दीपेन्द्र सिंह ऐरी ठूलो सट खेल्ने क्रममा विलाल खानबाट शून्यमा क्याच आउट भए। दीपेन्द्र अमेरिकासँगको खेलमा पनि शून्यमा आउट भएका थिए।

पहिलो विकेटका लागि ओपनर सुवास खकुरेल र ज्ञानेन्द्र मल्लले १४.१ ओभरमा ४८ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए। १५औं ओभरको पहिलो बलमा अलराउन्डर मोहम्मद नदीमले सुवासलाई २२ रनमा एलबिडब्लू आउट गर्दै साझेदारी तोडेका थिए। सुवासले ४२ बलमा १ चौका प्रहार गरे।

कप्तान ज्ञानेन्द्र मल्लले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत तेस्रो खेलमा ओमानविरुद्ध अर्धशतक प्रहार गरे। ज्ञानेन्द्रले ७० बलमा आफ्नो दोस्रो ओडीआई अर्धशतक पुरा गरेका हुन्। २५ ओभरको चौथो बलमा मोहम्मद नदीमलाई चौका प्रहार गर्दै ज्ञानेन्द्रले अर्धशतक पूरा गरेका थिए।

यसअघि ज्ञानेन्द्रले २०१८ अगष्ट १ मा नेदरल्यान्डसँगको पहिलो ओडीआई डेब्यू खेलमा ५१ रन जोडेका थिए। ज्ञानेन्द्र मल्लले ७६ बलमा ५६ रन बनाए। यो ज्ञानेन्द्रको ओडीआईमा यो उच्च प्रर्दशन हो। ज्ञानेन्द्र अकिब लियासको बलमा माृहम्मद नदिमबाट क्याच आउट भए।

४५ बलको सामना गरेका आरिफ शेख अकिब लियासको बलमा एलबीडब्लु धरापमा परे। कुशल मल्ल २८ र करण केसी १० रनमा पवेलियन फर्के। ओमानका अकिब लियासले आफ्नो स्पेलमा ३६ रन खर्चदै ४ विकेट लिए। त्यस्तै सन्दीप लामिछानेले १० रन बनाए भने कमलसिंह ऐरी ९ रनमा नट आउट रहे। खेलमा विनाेद भण्डारी ३५ रनमा रन आउट भएका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया