असार २५, २०८२ बुधबार July 9, 2025

जनताप्रति उत्तरदायी भएर काम गर्न काँग्रेस उपसभापति खड्काको सुझाब

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्काले नवनिर्वाचित जनप्रतिनिधिलाई जनताप्रति उत्तरदायी भएर काम गर्न सुझाव दिनुभएको छ ।

नेपाली कांग्रेस स्याङ्जाले आज स्याङ्जाको पुतलीबजारमा आयोजना गरेको नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रममा उहाँले निर्वाचनका बेला मतदाताले गरेका अपेक्षाहरु पूरा गर्न तथा जनतासामु गरिएका प्रतिबद्धता पूरा हुने गरी अगाडि बढ्न सुझाव दिनुभएको हो ।

“नेपाली कांग्रेसले तयार पारेको घोषणापत्रमा उल्लेख गरिएका प्रतिबद्धतालाई पूरा गर्ने गरी जनप्रतिनिधि लाग्नुहोस्”, उहाँले भन्नुभयो, “पार्टीको आधिकारिक घोषणापत्रअनुसार अगाडि बढेको खण्डमा जनताको विश्वासनीयता पार्टीप्रति बढ्दै गई पार्टी बलियो हुँदै जानेछ ।”

अभिमुखीकरण कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सरस्वती अर्याल तिवारी, पूर्वसांसद खगेन्द्रराज रेग्मी, कांग्रेस जिल्ला सभापति राजु थापा, गण्डकी प्रदेशसभा सदस्य मेखलाल श्रेष्ठ, भागवतप्रकाश मल्ल, कांग्रेस नेता भोजराज अर्याल, कांग्रेस गण्डकी प्रदेश सदस्य कविता तिवारी गैरे, गल्याङ नगरप्रमुख गुरुप्रसाद भट्टराई, भीरकोट नगरप्रमुख गोविन्दकुमार कर्माचार्य, कांग्रेस जिल्ला उपसभापति केदार काफ्लेलगायतले स्थानीय सरकार जनतासँग प्रत्यक्ष ठोकिने र जनताको नजिकको सरकार भएकाले जनताले अनुभूति गर्ने गरी कार्य सम्पादन गर्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गर्नुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार