श्रावण ५, २०८२ सोमबार July 21, 2025

साओमीको नयाँ ल्यापटप बजारमा, यस्तो छ मूल्य र फिचर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैंः साओमीकाे नयाँ ल्यापटप ‘साओमी बुक प्रो २०२२’ सार्वजनिक भएकाे छ । १४ र १६ इन्च गरी दुई डिस्प्ले साइज भेरियन्टमा उपलब्ध याे ल्यापटपमा ओएलईडी टचस्क्रिन रेजोलुसन, स्लिम डिजाइन, इन्टेल प्रोसेसर लगायतका विशेषता छन् ।

१६ इन्चको मोडलमा फोरके रेजोलुसन र भेजा डिस्प्ले एचडीआर ४०० सर्टिफिकेसन छ भने १४ इन्चमा २.८के रेजोलुसन र डिस्प्ले एचडीआर ५०० सर्टिफिकेसन रहेको छ ।

दुईवटै भेरियन्टमा १६:१० को एस्पेक्ट रेसियो र ९० प्रतिशत स्क्रिन टु बडी रेसियो रहेको छ । १६ जीबी एलपीडीडीआर र्‍याम रहेको छ ल्यापटप विन्डोज ११ अपरेटिङ सिस्टमबाट चल्छ ।

१६ इन्च मोडलको तौल १.८ केजी र यसको ब्याट्री ७० वाटआवर रहेको छ, जसलाई एकपटक चार्ज गर्दा १२ घण्टासम्म प्रयोग गर्न सकिने कम्पनीले बताएको छ । त्यस्तै १४ इन्च मोडेलको तौल १.५ केजी रहेको छ । यूएसबी-सी पोर्टयुक्त ल्यापटपले १०० वाट चार्जिङ सपोर्ट गर्छ ।

१६ इन्च मोडेलमा १२औं संस्करणको इन्टेल कोर आई फाइभ छ । यसको मूल्य चिनियाँ यूआन छ हजार ५०० (अनुमानित एक लाख २२ हजार रुपैयाँ) तोकिएको छ ।

त्यस्तै १४ इन्चको मोडल पनि आईफाइभमा उपलब्ध छ । यसको मूल्य चिनियाँ यूआन पाँच हजार ९०० (अनुमानित एक लाख ११ हजार रूपैयाँ) रहेको छ । याे माेडलकाे ल्यापटप नेपाली बजारमा पनि चाँडै सार्वजनिक हुने अनुमान गरिएकाे छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार
रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता
२०८२ श्रावण ५, सोमबार
नेतान्याहु अचानक परे बिमारी, अब घरवाटै चलाउने छन् कार्यालय
२०८२ श्रावण ५, सोमबार
बंगलादेशमा वायु सेनाको विमान दुर्घटना
२०८२ श्रावण ५, सोमबार
जापानी प्रधानमन्त्री तल्लो र माथिल्लो सदन दुवैबाट अल्पमतमा
२०८२ श्रावण ५, सोमबार