असार २५, २०८२ बुधबार July 9, 2025

एकीकृत समाजवादीको लुम्बिनी प्रदेश अध्यक्षमा पाण्डे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा (एकीकृत समाजवादी)को लुम्बिनी प्रदेश र रुपन्देही जिल्ला कमिटीमा हेरफेर गरिएको छ । बुटवलमा आज सम्पन्न लुम्बिनी प्रदेश समितिको बैठकले पार्टीको लुम्बिनी प्रदेश अध्यक्षमा सोमप्रसाद पाण्डेलाई चयन गरेको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको आतिथ्यतामा सम्पन्न प्रदेश समितिको बैठकमा प्रदेश अध्यक्ष रहेका सहरी विकासमन्त्री मेटमणि चौधरीको प्रस्तावमा पाण्डेलाई अध्यक्ष बनाउने निर्णय भएको केन्द्रीय सदस्य सिद्धिचरण भट्टराईले जानकारी दिनुभयो ।

यसैगरी प्रदेश समितिको बैठकले रुपन्देही जिल्ला समितिको जिम्मेवारीमा पनि हेरफेर गरेको छ । बैठकले पार्टीको रुपन्देही जिल्ला अध्यक्षमा अविराम विकलाई चयन गरेको छ । यसअघि राजु गुरुङले अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

पार्टीको उपाध्यक्षमा श्रीराम यादव र उपाध्यक्ष चीनबहादुर गुरुङ चयन हुनुभएको छ । सचिवमा सरिता श्रीषलाई जिम्मेवारी दिइएको छ । यसैगरी उपसचिवमा टङ्क पोखरेल, मीरा श्रेष्ठ र थानेश्वर खरेल रहनुभएको छ । पार्टीको जिल्ला समिति २०५ सदस्यीय रहेको केन्द्रीय सदस्य भट्टराईले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार