असार २१, २०८२ शनिबार July 5, 2025

त्रिकोणात्मक शृंखलामा ओमानसँग नेपालको दोस्रो हार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत तेस्रो खेलमा नेपालले लज्जास्पद हार व्यहोरेको छ।

त्रिवि मैदानमा भएको खेलमा नेपाल ओमानसँग ८ विकेटले पराजित भएको हो। यो श्रृंखलामा ओमानसँग नेपाल दोस्रोपटक पराजित भएको हो।

नेपाल पहिलोे खेलमा पनि गत बुधबार ओमानसँग १८ रनले पराजित भएको थियो।

नेपालले दिएको २ सय ५० रनको लक्ष्य ओमानले ४७.२ ओभरमा २ विकेटको क्षतिमा भेट्टाएको हो।

आजको खेलमा नेपालका भरपर्दा बलर सन्दीप लामिछाने निकै महगां सावित भए। सन्दीपले १० आभेर बलिङ गर्दा ६५ रन खर्चे। कुनै विकेट लिन सकेनन्।

नेपालका लागि सुसन भारी र कुशल मल्लले समान एक–एक विकेट लिए। सुसनले ७.१ ओभर बलिङ गर्दा ४१ रन दिँदा एक विकेट हात पारेका हुन्। कुशल मल्लले ९ ओभरमा २९ रन खर्चेर एक विकेट लिएका हुन्।

आज सन्दीपले १० ओभर, करण केसीले ९, करण सिंह ऐरिले ४, पारस खड्काले ७ तथा दीपेन्द्रसिंह ऐरिले एक ओभर गरे बलिङ गर्दा कुनै विकेट हात पार्न सकेनन्।

राम्रा मानिएका बलर नचलेपछि नेपालले हार व्यहोर्न परेको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया