असार २९, २०८२ आइतबार July 13, 2025

सामुदायिक विद्यालयमा दिवा खाजाले नियमित बन्दै विद्यार्थी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः लमजुङका सामुदायिक विद्यालयमा नेपाल सरकारद्वारा सञ्चालित दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।  खाजा कार्यक्रमले पढ्न आउने विद्यार्थीको आकर्षण बढ्दै र बीचमै पढाई छाड्ने प्रवृत्तिको अन्त्य भएको छ ।

सरकारले दुई वर्षअघि सुरु गरेको दिवा खाजा कार्यक्रमले अभिभावक, विद्यार्थी र विद्यालयको सम्बन्ध राम्रो हुनुकाे साथै बालबालिकालाई पोषणयुक्त खाना उपलब्ध भएको बेँसीशहर नगरपालिका शिक्षा शाखाका शाखा अधिकृत रामकृष्ण त्रिपाठीले बताए ।

दिवा खाजा कार्यक्रमबाट बेँसीशहर नगरपालिकाका मात्र ६० विद्यालयका करिब १३ सय छात्रछात्रा लाभान्वित भएका छन् । प्रतिव्यक्ति दैनिक १५ रुपैयाँका दरले हरेक महिना पाँच लाख ८५ हजार खर्च हुने गरेको बेँसीशहर शिक्षा शाखाले जनाएको छ ।

विद्यालयमा ‘कुन बार के खाजा खाने भन्ने तालिका बनाएर सोहीअनुरुप कार्यान्वयन गर्ने गरेकाे विद्यालयका शिक्षकहररु बताउँछन् । स्वस्थ खानाले बालबालिकाको स्वास्थ्यमा राम्रो प्रभाव पारेको बरालको भनाइ छ ।

खाजाका रुपमा तरकारी चिउरा, चना, अण्डा, सुजीको हलुवा र खीर हुने बालबालिका बताउँछन् । विद्यालयमा खाजाको व्यवस्था गरेपछि विद्यार्थी स्वास्थ्य भई शिक्षण सिकाइमा सक्रिय हुने गरेको अभिभावक सरस्वती थापा बताउँछिन् ।

खाजा कार्यक्रमले बालबालिका विद्यालयमा नियमित हुने, बीचमै कक्षा नछोड्ने, विद्यालय जान हौसिने गरेका छन् । न्यूजकारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार