श्रावण ५, २०८२ सोमबार July 21, 2025

फेसबुकमा विज्ञापन आएर हैरान हुनुहुन्छ ? यसरी पाउनुहोस् मुक्ति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः फेसबुकमा देखिने जथाभावी विज्ञापनले तपाईंलाई पनि वाक्क बनाएको होला । फेसबुक सामाजिक सञ्जालमात्र नभई वर्तमान समयमा मार्केटप्लेसको रुपमा समेत विकास भएको छ ।

विभिन्न विज्ञापन राखेर धेरै व्यक्तिसमक्ष आफ्नो व्यवसायबारे जानकारी पुर्‍याउन सकिन्छ । तर आफ्नो इच्छाविपरीत अनावश्यक विज्ञापन आएर हैरान पनि बनाउँछ ।

तपाईंले आफ्नो रुचिअनुसार कस्तो विज्ञापन फेसबुकमा देख्ने भनेर मिलाउन सक्नुहुन्छ । यसका लागि पहिले आफ्नो अकाउन्टको सेटिङमा जानुहोस् ।

त्यसपछि तल रहेको Ads लाइ क्लिक गर्नुहोस् ।

यसमा तपाईंले एड्भटाइजर्स (advertisers ), एड सेटिङ (Ad setting) देख्न सक्नुहुन्छ । एड प्रेफरेन्स परिवर्तन गर्दा तपाईंको रुचि अनुरुपको एड देखाउँछ । तर एड देखिने संख्या कम गर्ने भन्नेचाहीँ हुदैन ।

Advertisers  सेक्सनमा तपाईंले भर्खर भर्खर हेरेको र क्लिक गरेको एड देखाउँछ । यी एडहरु फेसबुकले तपाईंको फेसबुक गतिविधि हेरेर तपाईंका लागि उपयुक्त मानेको एड हो । आफूलाई चित्त नबुझेको एड तपाईंले नदेखिने बनाउन अर्थात् हाइड (Hide) गर्न पनि सक्नुहुन्छ ।

एड्भर्टाइजरबाट एड हाइड गर्न hide ads बटनमा क्लिक गर्न गर्नुहाेस् । त्यस्तै तपाईंले Advertisers whose ads you’ve clicked मा गएर पनि आफूले क्लिक गरेका एड्सहरु हाइड गर्न सक्नुहुन्छ ।

त्यस्तै Ad Topics मा गएर आफूलाई रुचि नभएको वा चित्त नबुझेको विषय सर्च गरेर नो प्रिफरेन्समा (No Preference) सेलेक्ट गर्न सक्नुहुन्छ ।

यसरी तपाईंले आफूलाई चित्त नबुझेका वा रुचि नभएका एडहरु नदेखिने बनाउन सक्नुहुन्छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार
रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता
२०८२ श्रावण ५, सोमबार
नेतान्याहु अचानक परे बिमारी, अब घरवाटै चलाउने छन् कार्यालय
२०८२ श्रावण ५, सोमबार
बंगलादेशमा वायु सेनाको विमान दुर्घटना
२०८२ श्रावण ५, सोमबार
जापानी प्रधानमन्त्री तल्लो र माथिल्लो सदन दुवैबाट अल्पमतमा
२०८२ श्रावण ५, सोमबार