काठमाडौंः जनता समाजबादी पार्टी (जसपा) डा. बाबुराम भट्टराई समुहको विस्तारित बैठक काठमाण्डौँमा सुरु भएको छ ।
पार्टीभित्रको आन्तरिक विवाद समाधान हुन नसकेपछि भट्टराई पक्ष र उपेन्द्र यादव पक्षले छुट्टाछुट्टै विस्तारित बैठक बोलाएका हुन् । यादव पक्षको बैठक भोलि (बुधबार)देखि वीरगन्जमा हुँदैछ । भट्टराई पक्षको बैठक काठमाडौँको जडिबुटीस्थित एक पार्टी प्यालेसमा भइरहेको छ ।
बैठकमा जसपा नेता महिन्द्रराय यादव पनि सहभागी छन् । तत्कालीन राजपाबाट पार्टी एकीकरण गरेपछि एक भएका यादव महन्थ ठाकुर नेतृत्वमा लोसपा विभाजन हुँदा उपेन्द्र यादवलाई साथ दिएका थिए । त्यसपछि सरकारमा कृषिमन्त्री बनेका थिए । अहिले पार्टीभित्रको अन्तरविरोध चर्केर विभाजनको अवस्थामा पुगेपछि यादवले भट्टराईलाई साथ दिएका हुन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया