असार २६, २०८२ बिहिबार July 10, 2025

नेतृत्व खोजेको आरोप लगाइयो: डा. भट्टराई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः विभाजनको सङ्घारमा पुगेको जनता समाजवादी पार्टी (जसपा) नेपालको एकै दिन छुट्टाछुट्टै बैठक भएको छ ।

पार्टी अध्यक्ष उपेन्द्र यादव पक्षको राष्ट्रिय कार्यकारिणी समितिको बैठक वीरगञ्जमा बसेको छ भने पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको केन्द्रीय कार्यसमितिको विस्तारित बैठक आजै काठमाडौँमा भएको छ ।

पार्टी रूपान्तरण, पुनर्गठनको औचित्य र कार्यभार विषयमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा जसपा सङ्घीय परिषद् अध्यक्ष भट्टराईले राष्ट्रिय पार्टी बनाउने उद्देश्यले सामूहिक नेतृत्वको कुरा गर्दै आफूलाई नेतृत्व खोजेको आरोप लागेको गुनासो गर्नुभएको छ ।

पार्टीलाई हिमाल, पहाड तराई लगायत सबै जातिको प्रतिनिधित्व गराउन सामूहिक नेतृत्व बनाउनुपर्ने भट्टराईको जोड थियो । पार्टीमा तीन जनाको हेडक्वार्टर बनाउँदा समेत एउटा पनि बैठक बस्न नसकेको, केन्द्रीय समिति बैठकमा आफूहरूलाई नबोलाइएको भट्टराईको गुनासो छ ।

विसं २०७६ वैशाख २३ गते तत्कालीन सङ्घीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबिच एकता भई समाजवादी पार्टी गठन भएको थियो ।

विसं २०७७ वैशाख १० गते तत्कालीन राष्ट्रिय जनता पार्टीसँग समाजवादी पार्टीको एकता भई जनता समाजवादी पार्टी नेपाल बनेको थियो । भट्टराई पक्षको बैठक भोलि बुधवारसम्म चल्नेछ । उता अध्यक्ष यादव पक्षले पनि बुधवार केन्द्रीय समिति बैठक बोलाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार