असार २६, २०८२ बिहिबार July 10, 2025

एनआरएनलाई राजनीतिक बाहेक अधिकार दिनुपर्छ – पूर्वप्रधानमन्त्री ओली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले  गैरआवासीय नेपालीलाई राजनीतिकबाहेक पूर्ण अधिकार दिनुपर्ने बताएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष डा बद्री केसी र कार्यकारी अध्यक्ष कुल आचार्यसहितको टोलीले मंगलबार ओलीलाई भेटेको हो ।

भेटमा ओलीले गैरआवासीय नेपालीलाई नागरिकता दिन एमाले निकै सकरात्मक रहेको बताए । ओलीले गैरआवासीय नेपालीलाई ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने मान्यता अनुरुप नागरिकताको निरन्तरता हुनुपर्ने बताए ।

उनले गैरआवासीय नेपालीलाई दिइने नागरिकतामा राजनीतिक अधिकार बाहेक अन्य अधिकारमा कुनै कटौती नगरिने बताए । ओलीले संविधानको भावना अनरुप आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सहितको नागरिकता गैरआवासीय नेपालीलाई प्रदान गर्न उचित हुने बताए । उनले नेपालको राजनीतिमा आउन चहानेहरुले विदेशी नागरिकता त्याग गरेर आउन सक्ने सुझाव पनि दिए ।

भेटमा संघका अध्यक्ष आचार्यले विदेशमा बस्ने नेपालीको मुख्य माग दोहोरो नागरिकता भएको बताउँदै संविधानको भावना अनुरुप गैरआवासीय नेपालीलाई नागरिकता दिनुपर्नेमा जोड दिए । गैरआवासीय नेपालीले नागरिकता प्राप्त गरेपछि देशको आर्थिक, सामाजिक तथा सांस्कृति क्षेत्रमा समेत उल्लेख्य सहयोग पुग्ने आचार्यको भनाई थियो ।

भेटमा संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले संसदमा टेबल भएको गैरआवासीय नेपाली नागरिकता सम्बन्धी विधेयक पास गरेर छिटो भन्दा छिटो कार्यान्वयन गर्न आग्रह गरे । टोलीले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइराला लगायतसँग पनि भेटघाट गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार