श्रावण ५, २०८२ सोमबार July 21, 2025

भुलेर पनि डाउनलोड नगर्नुहोस् यी एपहरू

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कुनै नयाँ एप देख्नासाथ एप कस्तो होला भन्ने उत्सुकता हाम्रो मानसपटलमा आइहाल्छ । तर गुगल प्ले स्टोरमा उपलब्ध सम्पूर्ण एपहरू हाम्रा लागि महत्त्वपूर्ण हुन्छन् भन्ने हुँदैन ।एन्ड्रोइड प्रयोगकर्तालाई त्यस्ता एपमा बढी जोखिम हुने भएकाले कुनै पनि एप डाउनलोड गर्नुअघि ख्याल गर्नुपर्ने हुन्छ ।

यूसी ब्राउजर (UC Browser)

यूसी ब्राउजर एउटा मोबाइल एप्लिकेसन हो, जसले फास्ट मोड र तुलनात्मक हिसाबमा कम डेटा खपत गर्ने दावी गर्छ । त्यसैले पनि यसमा धेरै मानिसहरूको आकर्षण छ । यो एप विशेषगरी चीन र भारतमा चर्चित छ । तर, हामी तपाईंलाई यो एप प्रयोग नगर्न सुझाव दिन्छौं ।

किनभने यसले प्रयोगकर्ताको सर्च विवरणहरू इन्क्रिप्सनबिना याहू इन्डिया र गुगललाई पठाउने गर्छ । त्यस्तै यस एपले प्रयोगकर्ताको डिभाइसको आईएमएसआई नम्बर, आईएमईआई नम्बर, एन्ड्रोइड आईडी र वाई-फाईको म्याक एड्रेस अलिबाबाको एनालाइटिक्स टुल यूमेङलाई दिने गर्छ ।

त्यस्तै यसले प्रयोगकर्ताको जियोलोकेसन डेटा (ल्याटिइुड/लङ्गिच्युट र स्ट्रिट एड्रेस) अलिबाबाको म्यापिङ टुललाई इन्क्रिप्सनबिना पठाउने गर्छ । यो एपको सट्टा तपाईंले गुगल क्रोम र फायरफक्स जस्ता ब्राउजिङ एप प्रयोग गर्न सक्छन् ।

क्लिनईट (CLEANit)

क्लिनईट एउटा जङ्क फाइल क्लिनर हो, जसले फोनका जङ्क हटाउने दाबी गर्छ । यो एप एक करोडभन्दा बढी पटक डाउनलोड भइसकेको छ भने यसमा ८५ प्रतिशतले फोर र फाइभ स्टार रेटिङ दिएका छन् । यति राम्रो रिभ्यू आएको र डाउनलोड भएको एप किन प्रयोग नगर्ने भन्ने प्रश्न आउनसक्छ । यसले विज्ञापन गरेका प्रायः सामग्री तपाईंको फोनका लागि हानिकारक हुने मेक युज अफको दाबी छ । यो एपले तपाईंको डिभाइसमा भएका सम्पूर्ण क्यास मेटाउने गर्छ । जसले गर्दा अर्को पटक तपाईंले कुनै फाइल वा ब्राउज गर्नुभयो भने त्यसले थप डेटा र ब्याट्री खपत गर्छ । हाल फोनमा नै क्यास क्लियर गर्ने एप उपलब्ध हुने भएकाले गुगल प्लेस्टोरबाट यस्ता एप डाउनलोड गर्न आवश्यक हुँदैन ।

डीयू ब्याट्री सेभर एण्ड फास्ट चार्जर

डीयू ब्याट्री सेभर एउटा त्यस्तो एप हो, जसले ब्याट्री सेभ गर्ने र चार्ज छिटो गर्न दाबी गर्छ । यो एपमा ७६ लाखभन्दा बढी फाइभ स्टार रिभ्यु छ । यो एप किन हानिकारक वा अनुपयुक्त हुन्छ भन्ने प्रश्न आउनसक्छ । सबैभन्दा पहिले शङ्का गर्नुपर्ने कुरा छ, फास्ट चार्ज । फास्ट चार्ज चार्जर र फोनमा भर पर्छ । कुनै एपको प्रयोग गरी फास्ट चार्ज हुने भन्ने अफवाह भएको विज्ञको भनाइ छ । यो एपमा त्यतिका डाउनलोड र रिभ्यु कसरी आयो भन्ने जिज्ञासा हुनसक्छ । यसको डाउनलोडको पछाडिको कारण हो, विज्ञापन ।

त्यस्तै यो एपले आफ्नो जति विज्ञापन गरेको छ, त्यतिकै अनावश्यक एपको विज्ञापन गरिरहेको हुन्छ । यसमा देखाइने ब्याट्री सेभिङ र ब्याट्री खपत ग्राफ पूर्ण रूपमा नक्कली हुन् । यो एपलाई गुगल प्ले स्टोरबाट २०१९ बाट नै हटाइएको थियो । यद्यपि यो एपको लिङ्क विभिन्न वेबसाइटमा उपलब्ध छ । यदि तपाईंसँग पनि कुनै ब्याट्री सेभर वा फास्ट चार्जिङका एप छन् भने केही नसोची हटाउन सक्नुहुन्छ । यी एपकाे रणनीति विज्ञापन बढाउने भएकाले उनीहरूले फैलाएका भ्रम सरासर गलत हो भन्ने बुझ्नुपर्छ ।टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार
रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता
२०८२ श्रावण ५, सोमबार
नेतान्याहु अचानक परे बिमारी, अब घरवाटै चलाउने छन् कार्यालय
२०८२ श्रावण ५, सोमबार
बंगलादेशमा वायु सेनाको विमान दुर्घटना
२०८२ श्रावण ५, सोमबार
जापानी प्रधानमन्त्री तल्लो र माथिल्लो सदन दुवैबाट अल्पमतमा
२०८२ श्रावण ५, सोमबार