श्रावण ५, २०८२ सोमबार July 21, 2025

म्यासेन्जरमा डिलिट भएका म्यासेज हेर्ने तरिका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः हामीले फेसबुक म्यासेन्जरमा पठाइसकेको म्यासेज कहिलेकाहिँ डिलिट गर्ने गरेका छौं । टाइपिङमा गल्ती हुँदा, एउटालाई पठाउनुपर्ने म्यासेज अर्कैलाई पठाउँदा वा अन्य कुनै कारण हामी हत्तपत्त म्यासेज डिलिट गर्छौं ।

जसकारण त्यस्तो म्यासेज पाउने व्यक्तिले पढ्न सक्दैन । म्यासेज आएको नोटिफिकेशन प्राप्त गरेपनि उसले म्यासेज डिलिट वा अनसेन्ट भएको सन्देश देख्छ । यस्तो अवस्थामा म्यासेजलाई लिएर धेरै खुल्दुली मनमा हुन्छ । डिलिट भएको म्यासेज पढ्न मिल्ने सुविधा फेसबुकले आधिकारिक रुपमा उपलब्ध गराएकाे छैन ।

तर, डिलिट भएको म्यासेज पढ्न सकिने जुक्ति भने छ, जुन एन्ड्रोइड प्रयोगकर्ताले प्रयोग गर्न सक्नेछन् । अहिले एन्ड्रोइड प्रयोगकर्तालाइ लक्षित केही थर्ड पार्टी एप बनेका छन्, जसको सहायताले डिलिट गरिएको मेसेन्जरको म्यासेज हेर्न सकिन्छ । यसअन्तर्गत आज हामी डब्लूएमएआर ‘WMAR को प्रयोग गरी यो टिप्स तयार पार्दैछौं ।

१. यसका लागि पहिले गुगल प्ले स्टोरमा गएर WAMR एप सर्च गर्नुहोस् ।

२. एप इन्स्टल गर्नुहोस् ।

३. एप ओपन गर्नुहाेस् र डिस्क्लेमर पढेर Accept गरी नेक्स्ट एरोमा क्लिक गर्नुहोस् ।

४. त्यसपछि तपाईंले डिलिट भइकाे म्यासेज रिकभर गर्न चाहेको एप चयन गर्नुहोस् । अहिले हामी मेसेन्जरको लागि मात्र परीक्षण गर्नेछौं ।

५. त्यसपछि सबै इन्स्ट्रक्सन पढेर स्वाइप गर्दै सेटअप स्क्रिनसम्म जानुहोस् ।

६. नोटिफ़िकेसन रिडर इनेबल गर्नुहोस् ।

७. यति गरिसकेपछि तपाईं अब मेसेन्जरमा आएको डिलिटेड म्यासेज एपमा गएर हेर्न सक्नुहुन्छ ।

एप इन्स्टल गरेपछि डिलिट गरिएको म्यासेजमात्र एपमा गएर हेर्न सक्नुहुन्छ । एप इन्स्टल हुनुभन्दा अघिका म्यासेज भने डिलिट गरेपनि हेर्न सकिने छैन ।

हालसालै प्राप्त भएको, तर हेर्न नभ्याएको म्यासेज यदि डिलिट भएको रहेछ भने मात्र यो प्रक्रिया उपयोगी हुन्छ । यो एपको प्रयोगबाट डिलिट गरिएका टेक्स्ट म्यासेज मात्र हेर्न सकिन्छ । लिंक, फोटो, भिडिओहरु भने हेर्न मिल्दैन । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार
रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता
२०८२ श्रावण ५, सोमबार
नेतान्याहु अचानक परे बिमारी, अब घरवाटै चलाउने छन् कार्यालय
२०८२ श्रावण ५, सोमबार
बंगलादेशमा वायु सेनाको विमान दुर्घटना
२०८२ श्रावण ५, सोमबार
जापानी प्रधानमन्त्री तल्लो र माथिल्लो सदन दुवैबाट अल्पमतमा
२०८२ श्रावण ५, सोमबार