श्रावण ५, २०८२ सोमबार July 21, 2025

अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने, यस्तो छ दर्ता प्रक्रिया

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः  मतदाता नामावली अनलाइनबाटै दर्ता गर्न सकिने भएको छ । निर्वाचन आयोगले वेबमा आधारित ‘भोटर लिस्ट प्रि रजिस्ट्रेसन’ सिस्टम तयार पारी बुधबारबाट परीक्षणकालीन रूपमा यस्तो सेवा सुरु गरेको हो ।

निर्वाचन आयोगका अनुसार पहिलो चरणमा यो सेवा काठमाडौं उपत्यकाका तीन जिल्लाबाट सुरु भएको छ । यससँगै मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा पुग्नुपर्ने बाध्यता अन्त्य भएको छ ।

आयोगका अनुसार फोटो सहितको मतदाता नामावलीमा दर्ता नगरेका नागरिकले आफ्नो नामावली दर्ता गर्न चाहेमा आयोगको वेबसाइटमा गएर व्यक्तिगत विवरण भरी अनलाइनबाटै पेस गर्न सक्नेछन् ।

यस्तो छ दर्ता प्रक्रिया

  • दर्ताका लागि सुरुमा आयोगको वेबसाइट खोल्नुहोस् र त्यहाँ रहेको ‘मतदाता नामावली प्रि–रजिष्ट्रेशन’ मा क्लिक गर्नुहोस् अथवा सोझै यहाँ क्लिक गर्न सक्नुहुनेछ ।
  • त्यो सँगै त्यहाँ रहेको ‘रजिस्टेशन’ मा क्लिक गर्नुहोस् ।
  • अब तपाईंलाई दर्ताको लागि सुरुमा मोबाइल नम्बर माग्नेछ । मोबाइल नम्बर राखी दायाँ साइडमा रहेको एरोमा क्लिक गर्नुहोस् ।
  • त्यो सँगै तपाईंको मोबाइल नम्बरमा म्यासेजमार्फत भेरिफिकेसन लागि ‘ओटीपी’ कोड प्राप्त हुनेछ । उक्त ओटीपी कोड राखेसँगै दर्ताका लागि नयाँ वेबपेज खुल्नेछ ।
  • उक्त पेजको बाँया साइडमा तपाईंले ‘नयाँ दर्ता’ भन्ने विकल्प रहेको छ ।
  • नयाँ दर्तामा क्लिक गरेसँगै अब तपाईंले आफ्नो व्यक्तिगत विवरण भर्नुपर्ने हुन्छ । आवश्यक व्यक्तिगत विवरण भरेर अन्तिममा फर्म ‘समिट’ अर्थात बुझाउन सक्नुहुनेछ ।
  • त्यसरी फर्म समिट गरेसँगै त्यहाँ तपाईंलाई एउटा सङ्केत नम्बर प्राप्त हुनेछ । सङ्केत नम्बर युक्त उक्त पेज तपाईंले प्रिन्ट गरेर सुरक्षित राख्न आवश्यक छ ।
  • किन भने फारम अनलाइनबाट पेस गर्दा प्राप्त हुने सङ्केत नम्बर सहितको प्रिन्ट कपी र आवश्यक कागजात लिएर फोटो तथा औँठा छाप दिनका लागि सम्बन्धित निर्वाचन कार्यालयमा भने उपस्थित हुनुपर्ने आयोगले जनाएको छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार
रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता
२०८२ श्रावण ५, सोमबार
नेतान्याहु अचानक परे बिमारी, अब घरवाटै चलाउने छन् कार्यालय
२०८२ श्रावण ५, सोमबार
बंगलादेशमा वायु सेनाको विमान दुर्घटना
२०८२ श्रावण ५, सोमबार
जापानी प्रधानमन्त्री तल्लो र माथिल्लो सदन दुवैबाट अल्पमतमा
२०८२ श्रावण ५, सोमबार