असार २४, २०८२ मंगलबार July 8, 2025

गर्मीमा कस्तो मेकअप गर्ने ? ध्यान दिनैपर्ने कुराहरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अहिलेको मौसम भनेको गर्मीको मौसम हो । जाडो होस् या गर्मी सुन्दर देखिने चाहना सबैमा हुन्छ । तर यो मौसममा महिलाहरूले मेकअपमा विशेष ध्यान दिनु पर्दछ । किनकि गर्मी मौसममा चर्को घाम र शरीरबाट निस्कने पसिनाले गर्दा मेकअपलाई बचाई राख्न कठिन हुन्छ । तसर्थ याद राख्नुहोस् गर्मी मौसम कस्तो मेकअप गर्ने ?

१. गर्मी मौसममा सिम्पल र सुहाउँदो मेकअप गर्दा राम्रो देखिन्छ ।

२. यो मौसममा गर्मीले मेकअप बिग्रिने हुनाले सबै मेकअप सामान वाटरफ्रुफ प्रयोग गर्दा राम्रो देखिन्छ ।

३. गर्मीमा ब्ल्याक आइलाइनर उपयुक्त हुन्छ ।

४. यो समयमा आइस्याडो न्युड खालको प्रयोग गर्नुपर्छ । धेरै कलरफुल आइस्याडो राम्रो देखिँदैन ।

५. ओठमा रेड, मरुन, पिंक, ओरेन्ज, कलरको लिपस्टिक लगाउँदा राम्रो हुन्छ ।

६.गर्मी मौसममा शरीरका अंगहरुलाई घामको हानिकारक किरणहरुबाट बचाई राख्नको लागि सन स्क्रिन लोसनको प्रयोग गर्नु अत्यन्त आवश्यक छ ।

७. गर्मी मौसममा पसिनाको कारण गर्मी मौसममा कपाल छालाहरुमा टाँसिने हुनाले कपाललाई खुल्ला छोड्नु भन्दा बाँध्नु नै ठिक हुन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया