वैशाख ७, २०८१ शुक्रबार April 19, 2024

‘छेलिएको अनुहार’ सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः वरिष्ठ पत्रकार प्रताप विष्टद्वारा लिखित ‘छेलिएको अनुहार’ नामक पुस्तक सार्वजनिक भएको छ ।

बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङ, हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा, सन्तोषी वनकारिया, कान्तिपुर दैनिकका सम्पादक उमेश चौहान, राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र वरिष्ठ साहित्यकार तुलसी थापाले संयुक्तरूपमा शनिबार सो पुस्तकको विमोचन गर्नुभएको थियो ।

विसं २०४९ फागुन १३ गतेबाट कान्तिपुर दैनिकमा आबद्ध हुनुभएका पत्रकार विष्टले विसं २०५० मा मकवानपुर जिल्लाका अल्पसङ्ख्यक चेपाङ समुदायका विषयमा लेख्न सुरु गर्नुभएको थियो । विसं २०५२ मा वनमै रहेका वनकारिया समुदायको समाचार लेख्नुभएका विष्टलाई चेपाङ र वनकारिया पत्रकारका रूपमा उपमासमेत दिने गरिएको थियो । सोही विषयलाई समेटेर सो पुस्तक लेखिएको बताइएको छ ।

सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेख निखिलको अध्यक्षतामा भएको सो कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्रा डा तारालाल श्रेष्ठ, चितवनका प्राध्यापक एवं साहित्यकार भूपिन, मकवानपुरका साहित्यकार तुलसी थापा र पत्रकार एवं लेखक चन्द्रकिशोर झाले विमोचित पुस्तकमाथि चर्चा गर्नुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
२०८१ वैशाख ८, शनिबार
नागेल्सम्यान २०२६ को विश्वकपसम्म जर्मनीको प्रशिक्षक रहने
२०८१ वैशाख ८, शनिबार
प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित
२०८१ वैशाख ७, शुक्रबार
गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम गरे : काँग्रेस
२०८१ वैशाख ७, शुक्रबार
काठमाण्डौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?
२०८१ वैशाख ७, शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान
२०८१ वैशाख ७, शुक्रबार
बाबुरामको पार्टीले बझाङको उपनिर्वाचनमा ‘राइट टू नो भोट’ को नीति अपनाउने
२०८१ वैशाख ७, शुक्रबार