कार्तिक १०, २०८३ मंगलबार October 27, 2026

कला, साहित्य, सङ्गीत र पत्रकारिता विधामा उत्कृष्टता हाँसिल गरेकाहरू ‘विशेष नागरिक सम्मान’बाट पुरस्कृत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडाैंः सामाजिक रुपान्तरणका लागि नागरिक समाजको १६ औँ वार्षिकोत्सवका अवसरमा कला, साहित्य, सङ्गीत र पत्रकारिता विधामा ‘विशेष नागरिक पुरस्कार तथा सम्मान–२०७९’ प्रदान गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले एक कार्यक्रमका बीच सामाजिक रूपान्तरणमा विशेष योगदान पुर्याउने  व्यक्तित्व तथा राष्ट्रव्यापी प्रतियोगितामा सहभागी हुने प्रतियोगिताका विजेतालाई शनिबार सो सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रममा सामाजिक रूपान्तरणमा प्रतिबद्धतासहित नवीनतम र अद्वितीय योगदान दिने वरिष्ठ छाती रोग विशेषज्ञ तथा नेपाल सरकारका पूर्वसचिव डा दीर्घसिंह बम, गुरु रिम्पोचे कोषका अध्यक्ष आनी भीमसुवा गुरुङ, वरिष्ठ परम्परागत आयुर्वेदिक चिकित्सक रामलाल वैद्य, गीतकार प्राज्ञ उन्नति बोहोरा ‘शीला’लाई ‘विशेष नागरिक सम्मान–२०७९’ प्रदान गरिएको छ ।

यस्तै वरिष्ठ समाजसेवी तथा खेलकुद पत्रकार पुष्पदास श्रेष्ठ, वरिष्ठ वृत्तचित्र सम्पादक मानबहादुर थापा, वरिष्ठ छायाँकारद्वय विश्वनाथ आचार्य र देवु राजवंशी, सञ्चारकर्मी शङ्कर रोक्का र तबलावादक कुन्दन शाह शङ्करलाई सम्मानित गरियो ।

पुरस्कृत हुनेहरुमा वरिष्ठ वृत्तचित्र निर्देशक एवं सम्पादक लव प्याकुरेल, साहित्यकार भीष्मराज फुलारा, एड्भेन्चर डाइरेक्टर नवीन त्रिताल, सञ्चारकर्मी तथा मानवअधिकारकर्मी राजनप्रसाद कुइँकेल, टेलिभिजन प्रस्तोताद्वय मनोज जोशी र विकास थपलिया, सङ्गीतकारद्वय ओमप्रकाश राई र राजु शर्मा नेपाली रहेका छन् ।

यसैगरी लोक देउडा गायक दीपेन्द्रप्रसाद दाहाल, चलचित्र छायाँकार दिव्य सुवेदी, शृङ्गार कलाकार गीता शाह, चलचित्र अभिनेता पृथ्वीराज प्रसाईं, चलचित्र निर्देशक खुमबहादुर सुनार, सञ्चारकर्मी कोमलनाथ अधिकारी, लघु चलचित्र निर्देशक अमरबहादुर विश्वकर्मा, नृत्य निर्देशक राजकुमार दर्जी, आधुनिक लोक गायिका सुजाता केसी र अभिनेत्री आशा भुसालले पनि पुरस्कार प्राप्त गरे ।

निर्णायक समितिका प्रमुख वरिष्ठ चलचित्रकर्मी तथा सामाजिक अभियानकर्मी सुमन रिमालले प्रदेश छनोट समितिले उपलब्ध गराएको नामावलीलाई अन्तिम नतिजाका लागि निर्णायक समितिमा पेस गरेको र निर्णायक मण्डलको सर्वसम्मतिले विजेताको अन्तिम नतिजा प्रकाशन गरिएको जनाए ।

प्रदेश छनोट समितिमा पत्रकार माधवप्रसाद तिवारी संयोजक तथा पत्रकार रेवतीरमण खनाल, नेपाल चलचित्र प्राविधिक सङ्घका अध्यक्ष तथा समाजसेवी पुष्कर लामा (प्रेम भोम्जम), नेपाल चलचित्र पत्रकार सङ्घका उपाध्यक्ष जीवन पराजुली र पत्रकार गोकर्ण बराल निर्णायक सदस्य रहनुभएको सामाजिक रुपान्तरणका लागि नागरिक समाजका अध्यक्ष यामबहादुर जिसीले बताए ।

कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सङ्गीतकार तथा वरिष्ठ चलचित्रकर्मी मुरलीधर, सङ्घीय सांसद नारायण मरासिनी, नेपाली जनता दलका सङ्घीय अध्यक्ष अनुप पहाडी, उच्च शिक्षा तथा विद्यालय सङ्घ नेपाल (हिसान) का उपाध्यक्ष रामहरि सिलवाल लगायतले सम्मानित र पुरस्कृतलाई शुभकामना दिएका थिए ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रवि लामिछानेको चीन भ्रमण स्थगितपछि महामन्त्री आचार्यको नेतृत्वमा टोली जाने तयारी
२०८३ कार्तिक १०, मंगलबार
Bhotekoshi flood caused loss of Rs 79.17B in private households, business
२०८३ कार्तिक १०, मंगलबार
मोजतबा खानेईसँग दुई पटक भेटेको इरानी राष्ट्रपतिको भनाइ, सभामुखले पनि स्वास्थ्यबारे दिए जानकारी
२०८३ कार्तिक १०, मंगलबार
नेपाल अर्बुद रोग निवारण संस्थाद्वारा ५० महिला पत्रकारको निःशुल्क स्तन क्यान्सर परीक्षण
२०८३ कार्तिक १०, मंगलबार
एमाले अध्यक्ष ओलीद्वारा मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण
२०८३ कार्तिक १०, मंगलबार
वनमन्त्री चौधरीसँग युएन आवासीय संयोजकको भेटवार्ता
२०८३ कार्तिक १०, मंगलबार
एनपीएलमा कर्णाली याक्सको विजयी सुरुवात, जनकपुर बोल्ट्स १९ रनले पराजित
२०८३ कार्तिक १०, मंगलबार