असार २४, २०८२ मंगलबार July 8, 2025

प्रेम प्रस्ताव कसरी राख्ने उत्कृष्ट टिप्सहरू

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रेम प्रस्ताव कसरी राख्ने ? प्रेम भन्ने शब्द सुन्दा जति सुन्दर छ, त्यतिनै यसको भाव पनि गहिरो छ । प्रेम एउटा आफैमा अपूर्ण शब्द हो । जसले यो प्रेम शब्दलाई पुरा गर्न चाहन्छ, उसले पूर्ण बनाउन पनि सक्छ र सक्दैन पनि । त्यसैले गर्दा यो प्रेम शब्द अपूर्ण छ ।

आजकलका युवा युवतीहरु उमेरको चाहना र भावना अनुसार आत्मीय साथीको खोजीमा हुन्छन् । आत्मियता, साथित्व महसुस गर्दै प्रेमीसँग जीवन जिउने सबैको चाहना हुन्छ । प्रेम प्रस्तावका लागि एउटी केटीले केटा मात्रै नहेरेर अधिकांश युवतीहरु केटाहरुले प्रेम प्रस्तावका लागि अपनाउने तरिकावाट पनि प्रभावित हुने गरेका छन् । कतिपय अवस्थामा केटाले व्यक्त गर्ने प्रेमका शब्दहरू मात्र पनि पूर्ण नहुन सक्छन् ।

प्रेम प्रस्ताव स्वीकार वा अस्वीकार गर्नका लागि प्रस्ताव गर्दाको वातावरण पनि महत्त्वपूर्ण हुन्छ । आफूलाई मन परेको व्यक्तिको मन जित्नका लागि महत्वपुर्ण टिप्सहरु यस प्रकार छन् :

क. प्रेम प्रस्ताव गर्नु अघि आफैलाई चिन्नु र विश्वासी बनाउनु पर्दछ । प्रस्ताव राख्नुभन्दा अगाडि पहिला आफैलाई आत्मविश्वासी र बलियो बनाउनुहोस । आफ्नो केही कुराहरू नलुकाईकन खुलस्त ढुक्क भएर भन्नुहोस । सृजनात्मक हुनुहोस र उसको पनि बानी व्यवहार, चाल चलनबारे राम्ररी बुझ्नुहाेस् ।

ख. आफ्नो प्रेमिकासँगको क्यान्डल लाईट डिनर गर्ने उपाय उसलाई प्रभावित पार्ने उपायमध्ये महत्त्वपूर्ण हो । ढल्कदै गरेको साँझसँगै सुरु हुने क्यान्डल लाईट डिनरको आयोजनाले तपाईँको प्रेमिकालाई मायाको जालमा पार्न सहज बनाईदिन्छ । क्यान्डलबाट आएको हल्का उज्यालोमा एक अर्कासँग नजिकिदै आफ्ना प्रेमका शब्दहरू पस्कनु आफैमा रोमान्टिक पल हो । त्यसमा पनि मन परेको मान्छेलाई उसको रुचिको मन पर्ने परिकारहरु बनाउने र नेपथ्यमा हल्का रोमान्टिक सङ्गीत बजाउने गर्नाले माया र रोमान्समा चुर्लुम्म डुब्न थप मद्दत पुग्दछ ।

ग. पहिलो भेट सबैलाई यादगार हुन्छ । पहिलो भेट र भेटमा बोलचाल भएका व्यक्तिहरू कुनै न कुनै माध्यमबाट स्मरणमा आईरहन्छन् । तपाईँ पनि आफ्नो प्रेम प्रस्ताव राख्नु अगाडि सबैभन्दा पहिला दुई जना कहाँ र कसरी भेट्नु भएको थियो, त्यही ठाउँमा फेरी भेट्ने कार्यक्रम बनाउनुहोस ता कि पुराना यादहरू पुन भेटले ताजा र रोमान्टिक बनाईदियोस् ।

घ. कतिपयले प्रेम व्यक्त गर्न वा प्रस्ताव गर्न सबैले भ्यालेन्टाईन डेलाई नै रोज्ने गर्दछन् । तर, आफ्नो मायाप्रेम व्यक्त गर्न भ्यालेन्टाइन डेको मात्र प्रतीक्षा गर्नुपर्छ भन्ने छैन । आफ्नो प्रस्तावलाई फरक र उत्कृष्ट बनाउनका लागि मनको भावना पोख्न विभिन्न दिवसहरु जस्तै क्रिसमस, ईद, होली आदिको अवसर उपयोग गर्न सकिन्छ । त्यसै गरी फेन्डसिप डे, बर्थ डे को अवसरमा पनि प्रेम प्रस्ताव गर्न सकिन्छ ।

ङ. रोमान्टिक फिल्म हेर्दा मानिसको मन प्रेमिल बनेको हुन्छ । दुवै जना फिल्म हेर्न जाने र फिल्मको बिच वा ब्रेक टाइममा त्यही प्रेमिल मनको उपयोग गर्ने तरिकाले आफूलाई लागेको कुरा भन्ने वा प्रस्ताव गर्न सकिन्छ । त्यो बेला उनको प्रतिक्रिया कस्तो हुन्छ, जाँच गर्ने मौका पनि हो ।

च. प्रेमलाई व्यक्त गर्ने विभिन्न तारिकाहरु मध्य आफ्नो टिसर्ट वा ज्याकेटमा उसलाई माया दर्शाउने शब्दहरू लेखि प्रस्तुत हुनु पनि अर्को गज्जवको उपाय बन्न सक्छ । टिसर्ट तथा ज्याकेटमा लेखिएका ‘विल यु म्यारी मि’ तथा ‘डु यु लभ मि ?’ जस्ता लाईनहरुले पनि मायालुलाई प्रभावित पार्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ ।

छ. आफ्नो मायालाई अझ आत्मीय र सहज बनाउन पार्कमा गरिने पिकनिकले पनि ठुलो महत्त्व राख्ने गर्दछ । हुन त झट्ट हेर्दा पिकनिक गर्ने कार्यक्रम अति सरल देखिए पनि यो त्यति नै रोमान्टिक र एक अर्कालाई नजिक बनाउन सहयोग सिद्ध हुने गर्छ ।

ज. युवतीहरु अक्सर बहादुर युवाहरू तर्फ आकृष्ट हुन्छन् । खुलेर प्रेम प्रस्ताव राख्ने मानिसहरू उनीहरूलाई बढी मनपर्छ । त्यसमा पनि विभिन्न सञ्चारमाध्यमहरु जस्तै रेडियो टिभीबाट प्रसारित हुने विभिन्न टेलिफोनिक’ कार्यक्रमहरू मार्फत आफ्नो मायालाई सम्झउन, सुनाउन तथा भावनाहरू राख्न सकिन्छ । गीत संगीतहरु उनैलाई समर्पित गर्नुले पनि मायाको डोरीलाई कसिलो बनाउने गर्छ ।

झ. कसैलाई आफूप्रति आकर्षित गर्नका लागि आश्चर्यजनक गिफ्ट दिनु पनि सरल उपाय मध्यको एक हो । बक्समा लुकाएर सरप्राइज दिनु या त्यसमा उनलाई मन पर्ने गिफ्टहरु प्याक गरेर सरप्राइज गिफ्ट दिनुले पनि आकर्षण बढाइराख्न सहयोग गर्छ ।

ञ. हुन त सबैले खुलेरै प्रेम प्रस्ताव राख्छन् भन्ने छैन । कतिपय यो मामलामा हिम्मत जुटाउन सक्दैनन भने कतिपयले आफू अस्विकृत हुन्छु कि भन्ने डरले पनि भन्न सक्दैनन् । यदि त्यस्तो हो भने तपाईँ ब्यानर प्रस्तावको उपायलाई अवलम्बन गर्न सक्नुहुन्छ । जस्तै, कुनै सानो वा ठुलो ब्यानरमा ‘आई लभ यु’ लेखि उसको घर वा अफिस बाहिर प्रदर्शन गर्ने । तर, त्यो ब्यानरमा उसको नाम भने उल्लेख गर्नु उचित हुँदैन । यो उपाय तपाईँ रिजेक्ट हुनुहुन्न भन्ने भईसकेपछि मात्रै अपनाउनु राम्रो मानिन्छ। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार