श्रावण ५, २०८२ सोमबार July 21, 2025

यसरी थाहा पाउनुहोस्, ह्वाट्सएपमा आएको मेसेज फर्जी हो कि होइन ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः विश्वमा सबैभन्दा धेरै प्रयोगकर्ता भएको इन्स्ट्यान्ट मेसेजिङ एप ह्वाट्सएपमा हरेक दिन अरबौँ मेसेज आदानप्रदान हुन्छन् ।

ह्वाट्सएपमा यसरी पठाइने मेसेजहरुमध्ये ठूलो संख्यामा फेक अर्थात् फर्जी मेसेजहरु समेत हुने गर्दछन् । विश्वमा अफवाह फैलाउनका लागि समेत ह्वाट्सएपको दुरुपयोग हुने गरेको छ ।

कहिलेकाहीँ प्रयोगकर्ताहरुले अन्जानमै फर्जी खबर तथा अफवाह फैलाउने मेसेज शेयर गरेको पाइन्छ । त्यसैले यदि थोरैमात्र पनि सावधानी अपनाउने हो भने ह्वाट्सएपमा आएको कुनैपनि मेसेज, कुनै दाबी वा कुनै खबर फर्जी हो कि होइन भनेर पत्ता लगाउन सकिन्छ । ह्वाट्सएपको फर्जी मेसेज पत्ता लगाउने चारवटा तरिका यस्ता छन् :

१. एकीन गर्न कठीन हुने मेसेजहरुको जाँच गर्नुहोस् : कहिलेकाहीँ ह्वाट्सएपमा यस्ता मेसेज पनि आउँदछन् जुन पत्याउन गाह्रो पर्दछ । यस्ता मेसेजहरुमा प्रायः झुटो विवरण हुने गर्दछ ।

त्यसैले यदि त्यस्तो मेसेज प्राप्त भयो भने त्यसमा कत्तिको सत्यता छ भनेर अन्य श्रोतबाट पत्ता लगाउनुहोस् । आमरुपमा यस्ता मेसेजहरु ब्रेकिङ न्यूजका रुपमा आउने गर्दछन् ।

२. उस्तै देखिने खालका मेसेजबाट जोगिनुहोस् : कहिलेकाहीँ ह्वाट्सएपमा यस्ता मेसेज पनि आउँदछन् जसमा हिज्जेमा समेत गल्ती हुन्छ तर आधिकारिक साइट वा संस्थाको जस्तै गरी झुक्काउँछन् । यस्ता अधिकांस मेसेज फर्जी तथा झुटो हुन्छन् । यस्ता मेसेजलाई नखोलीकन तुरुन्तै डिलिट गरिहाल्नुहोस् ।

३· लिंक जाँच्नुहोस् : कहिलेकाहीँ यस्तो पनि लाग्दछ कि ह्वाट्सएपमा रहेको लिंक कुनै परिचित वा चर्चित वेबसाइटको हो । तर प्रायः त्यस्तो साइटको लिंकमा गलत हिज्जे वा रङ हुन्छ । त्यसैले त्यस्तो कुरामा ध्यान दिनुभयो भने त्यो फर्जी मेसेज हो भन्ने पत्ता लगाउन सक्नुहुन्छ ।

४· फरवार्ड गरिएको मेसेज चिन्नुहोस्ः ह्वाट्सएपले सन् २०१८ मै मेसेज फरवार्डको फिचर थप गरेको थियो । यसबाट प्रापकले कुन मेसेज फरवार्ड भएर आएको हो र कुन चाहीँ प्रेषकले सिधै पठाएको हो भन्ने पत्ता लगाउन सक्दछन् ।

फरवार्डेड मेसेज आयो भने त्यसको तथ्यजाँच गर्नुहोस् । उक्त मेसेज तथा गरिएको दाबीका बारेमा गुगल सर्च वा कुनै भरपर्दो श्रोतबाट पनि सत्यता थाहा पाउन सक्नुहुन्छ । आफूलाई प्राप्त भएको फरवार्डेड मेसेज अरुलाई फरवार्ड नगर्नुहोस् । एजेन्सीको सहयोगमा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार