श्रावण ५, २०८२ सोमबार July 21, 2025

नोकियाले ल्यायो मोबाइलमै इयरबड राख्न र चार्ज गर्न सकिने फोन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः मोबाइल निर्माता कम्पनी एचएमडी ग्लोबल बार फोनको मामलामा नयाँ होइन । एचएमडी ग्लोबलले रेट्रो डिजाइनदेखि नोकिया १०५ जस्तो सस्तो फोन उपलब्ध गराउँदै आएको छ ।

अहिले भने कम्पनीले एकसाथ तीन ओटा नयाँ फिचर फोन र एउटा लो-इन्ड ट्याब्लेट घोषणा गरेको छ । तर, त्यसमध्येको एक नोकिया ५७१० एक्सप्रेस अडियो (Nokia 5710 XpressAudio) ले धेरैको ध्यान खिचेको छ ।

यो फोन अगाडिबाट हेर्दा पुरानो बारफोन (बटन भएको फोन) जस्तै देखिन्छ । तर, फोनको पछाडिको भागमा रहेको डिजाइनले धेरैलाई आकर्षित गरेको छ । फोनको पछाडि भागमा माथिपट्टि छुट्टै प्यानल रहेको छ ।

जसलाई तल सार्दा इयरबड राख्ने ठाउँ देख्न सकिन्छ । यसको अर्को राम्रो पक्ष भनेको यसबाट इयरबड चार्ज समेत गर्न सकिन्छ । यसमा १,४५० एमएएच क्षमताको ब्याट्री रहेकाले ब्याट्रीको सन्दर्भमा धेरै कुरा अपेक्षा गर्न सकिँदैन ।तर, यो बार फोन भएकाले त्यति धेरै चार्ज खपत पनि गर्दैन । त्यस्तै इयरबडमा साना ब्याट्री रहनुले पनि फोनको ब्याट्री त्यति खपत नहोला भन्ने अनुमान लगाउन सकिन्छ । किनभने अडियोको भाग इयरबडले सम्हालेको हुन्छ ।

त्यस्तै एचएमडीले यसमा निकाल्न मिल्ने ब्याट्री रहेको जनाएको छ । यो फोनलाई लगातार प्रयोग गरियो भने छ घण्टा र साधारण प्रयोग अर्थात् फोन गर्ने कार्य मात्र गरेको सन्दर्भमा २० दिनसम्म ब्याट्री टिक्ने बताइएको छ । फोनमा २.४ इन्चको क्यूभीजीए स्क्रिन, ३.५५ एमएम पोर्ट, ५.० ब्लुटुथ फिचर दिइएको छ । त्यस्तै यो फोनमा १२८ एमबी सम्मको एक्सपान्डेबल स्टोरेज रहेको छ ।

अडिओ कन्ट्रोल बटन, एफएम रेडियो सपोर्ट, माइक्रो यूएसबी पोर्ट, भीजीए क्वालिटीको क्यामेरा भएको यो फोन एस३० अपरेटिङ सिस्टममा सञ्चालित हुनेछ । यो फोनले ३२ जीबिसम्मको एक्सटर्नल मेमोरी सपोर्ट गर्ने भएकाले म्युजिकका लागि पर्याप्त हुनेछ ।

एचएमडीले नोकिया ५७१० एक्सप्रेस अडियोको मूल्य ८९ अमेरिकी डलर (११ हजार रुपैयाँ) राखेको छ । यो फोन कहिलेदेखि बजारमा उपलब्ध हुन्छ भन्ने कुरा भने कम्पनीले हालसम्म खुलाएको छैन । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार