असार २५, २०८२ बुधबार July 9, 2025

प्रतिनिधिसभाबाट योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९ पारित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रतिनिधिसभाको आजको बैठकले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक २०७९ पारित गरेको छ ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन सहित पेश गर्नुभएको योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक २०७९ बैठकले सर्वसम्मतिले पारित गरेको हो ।

योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक राष्ट्रिय सभामा उत्पत्ति भएको हो ।

यस्तै बैठकले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक,२०७९ मा राष्ट्रियसभाले गरेको संशोधन सर्वसम्मतिले स्वीकृत गरेको छ । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक अघिल्लो बैठकमा गणपुरक सङ्ख्या नपुगेका कारण निर्णयार्थ पेश हुन सकेको थिएन ।

यस्तै प्रतिनिधि सभाको बैठकले राष्ट्रिय सभामा उत्पत्ति भएको तथ्याङ्क विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि सवसम्मतिले स्वीकृत गरेको छ ।

यस अघि बैठकको सुरुमा सांसद्हरुले स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी नभएको, निर्मला हत्या काण्डको छानबिनमा भइरहेको ढिलाइ, मंकीपक्स सङ्क्रमणको जोखिम लगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यस्तै बैठकमा सभामुख अग्नि प्रसाद सापकोटाले कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले सतर्कता अपनाउन र  अनिवार्य माक्सको प्रयोग गर्न सासंदहरुलाइ समेत आग्रह गर्नुभयो । प्रतिनिधि सभाको अर्को बैठक साउन १३ गते शुक्रबार बिहान ११ बजे बस्ने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार