श्रावण ५, २०८२ सोमबार July 21, 2025

नागरिक एपमा आयो लोकसेवाको आवेदन दिन सकिने सुविधा, शुल्क पनि मोबाइलबाटै तिर्न मिल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारले सम्भव भएसम्मका सबै सरकारी सेवा सुविधा एउटै एपमार्फत उपलब्ध गराउने उद्देश्यका साथ प्रयोगमा ल्याएको नागरिक एपमा नयाँ अपडेट आएको छ । नयाँ अपडेटसँगै एपमा लोक सेवा आयोगले लिने परीक्षाका लागि अनलाइन आवेदन दिने र त्यसको शुल्क समेत अनलाइनबाटै तिर्ने सुविधा थपिएको हो ।

यससँगै अब नागरिक एपबाटै लोक सेवा आयोगले खुलाउने सम्पूर्ण पदका लागि आवेदन दिन सकिने एपको व्यवस्थापन गरिरहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रका एक अधिकृतले  बताए । उनका अनुसार एन्ड्रोइड र आईओएस दुवै भर्सनका एपमा यो नयाँ अपडेट आइसकेको छ ।

यसका लागि लोकसेवा आयोगको वेबसाइटमा उपलब्ध ‘मास्टर आईडी’ खोल्न र लगइन गर्न मिल्ने व्यवस्था नागरिक एपमै दिइएको छ । जसले गर्दा लोकसेवा आयोगको वेबसाइटमा उपलब्ध सम्पूर्ण सेवा नागरिक एपमै पाउन सकिने भएको हो ।

त्यस बाहेक नागरिक एपमा आवद्ध भुक्तानी सेवाप्रदायकमार्फत लोकसेवा आयोगको आवेदन शुल्क समेत अनलाइनमै तिर्न सकिने सुविधा समेत उपलब्ध भएको छ । यससँगै अब लोकसेवा आयोगले खुलाउने सम्पूर्ण आवेदन नागरिक एपबाटै दिन सम्भव भएको हो ।

हाल अनलाइन भुक्तानीका लागि ईसेवा र खल्ती डिजिटल वालेट नागरिक एपमा आवद्ध भइसकेका छन् । यसअघि लोकसेवाको वेबसाइटबाट अनलाइन आवेदन  दिन सकिने भए पनि आवेदन शुल्क जम्मा गर्न बैंकसम्म पुग्नुपर्ने बाध्यता रहेको थियो ।

नागरिक एपबाटै लोकसेवाको आवेदन दिन सकिने भएपछि फाराम भर्दा आवेदकको नाम, ठेगाना, मोबाइल नम्बर, फोटो, ईमेल स्वतः भरिएर आउनेछ । त्यसका साथै छुट्टै नागरिकता अपलोड गरिरहन समेत नपर्ने बताइएको छ ।

त्यस बाहेकका तालिम तथा शैक्षिक विवरण भने आवेदक आफैँले अपलोड गर्नुपर्नेछ । एपले गर्दा ल्यापटप वा कम्प्युटर नभए पनि मोबाइलबाट सहजै लोकसेवाको आवेदन भर्न सकिने भएको हो ।

यसका साथै लोकसेवाले प्रकाशित गरेका तथा आवेदन दिने समय बाँकी रहेका सूचना पनि नागरिक एपमै देख्न सकिने बताइएको छ । पछिल्लो अपडेटमा एपमा देखिएका केही ‘बग फिक्स’ (कमजोरी सुधार) समेत गरिएको छ ।

जसमा पुश नोटिफिकेसनले नजाने समस्या समेत समाधान भएको छ । यसबाट नागरिक एपबाट लिन खोजिएका सेवाहरू उपलब्ध हुँदा प्रयोगकर्ताले एपमै नोटिफेकसनमार्फत जानकारी पाउनेछन् ।

उदाहरणका लागि यदि तपाईँले पुलिस क्लियरेन्सका लागि प्रक्रिया अगाडि बढाउनु भएको छ भने सम्बन्धित प्रहरी कार्यालयले पुलिस रिपोर्ट ‘डिस्प्याच’ (जारी गर्नु) गर्ने वित्तिकै एपले नोटिफिकेसनमार्फत जानकारी दिनेछ । यसअघि भने नागरिक एपबाट लिन खोजिएको सेवाको स्थितिको जानकारीका लागि आफैँ जाँच गर्नुपर्ने अवस्था रहेको थियो ।

नागरिक एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस् र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार