असार २५, २०८२ बुधबार July 9, 2025

इरानमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इरानमा हालै आएको बाढी पहिरोमा पनि मृत्यु हुनेको सङ्ख्या ७६ पुगेको छ ।

देशका विभिन्न ठाउँमा आएका बाढी पहिरोमा परी उनीहरूको मृत्यु भएको सरकारी अधिकारीहरूले मङ्गलबार जनाएका छन् ।

इरानको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायका प्रमुख मोहम्मद हसन नामीले बाढी पहिरोमा परेर बेपत्ता भएका १६ जना अझै नभेटिएको जानकारी दिनुभयो ।

बेपत्ता भएकाहरूको अझै पनि खोजी कार्य जारी रहेको र त्यसका लागि उद्धारकर्ता, सुरक्षाकर्मी लगायतलाई खटाइएको उहाँको भनाई छ ।

इरानमा यही जुलाई २३ देखि भारी वर्षा भएको र वर्षाका कारण बाढी पहिरो आएकोले ठूलो क्षति भएको अधिकारीहरूले बताएका छन् ।

बाढी पहिरोले १६७ क्षेत्र, १३० सहर, १३ सय ८६ गाउँ र १५३ सडक प्रभावित भएको पनि जनाइएको छ । यस अवधिमा ६१ हजार १२७ जनालाई राहत सामग्री पनि उपलब्ध गराइएको छ । रासस/सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया