काठमाण्डौंः ताइवान भ्रमण गरेकी अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पेलोसीले त्यहाँका राष्ट्रपति साइ इङ वेनसँग भेट गरेकी छिन् ।
भेटका क्रममा राष्ट्रपति इङले पेलोसीलाई ‘ताइवानको सबैभन्दा समर्पित साथीमध्ये एक’ भनेर सम्बोधन गरेकी थिइन् । भेटका क्रममा युक्रेनमाथि भएको रुसी हमलाबारे चर्चा भएको थियो ।
राष्ट्रपति वेनले युक्रेनमा रुसी आक्रमणले ताइवान स्ट्रेटको सुरक्षालाई विश्वभरको ध्यान केन्द्रित गरेको बताइन् । ‘लोकतान्त्रिक ताइवानविरुद्धको अतिक्रमणले सम्पूर्ण इन्डो–प्यासिफिकको सुरक्षामा ठूलो प्रभाव पार्नेछ’, उनले भनिन् ।
पेलोसी आज नै ताइवानको संसदमा पुगेकी छिन् । एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया