असार ३२, २०८२ बुधबार July 16, 2025

मंसिर ४ गते निर्वाचन गर्न गठबन्धन दल सहमत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मंसिर ४ गते गर्न गठबन्धनमा सहमति जुटेकाे छ । बुधबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा मंसिर ४ गते चुनाव गर्नेगरी सहमति जुटेको हाे।

बुधबार बसेको सत्तारुढ दलहरुको शिर्ष तहको बैठकले निर्वाचनकाे मिति घाेषणा गर्न यही श्रावण २० गते शुक्रबार गठबन्धनको बैठक बोलाउने निर्णय गरेको छ।

गठबन्धनलाई निरन्तरता दिने सहमतिसहित सत्तारुढ दलहरुको बैठक आगामी शुक्रबार बिहान साढे ९ बजे बस्ने निर्णय बैठकमा गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

बैठकमा प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी थिए। बैठकमा नेताहरुबीच मुलुकको पछिल्लो राजनीतिक परिस्थितिको बारेमा पनि छलफल भएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया