असार २६, २०८२ बिहिबार July 10, 2025

ताइवान वरपरका समुद्रमा चीनकाे सैन्य अभ्यास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः शीर्ष अमेरिकी राजनीतिज्ञ न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीनले ताइवान वरपरका समुद्रहरूमा ठूलो सैन्य अभ्यासको तयारी गरिरहेको छ । चीनले यस क्षेत्रमा यथास्थिति परिवर्तन गर्न खोजिरहेको ताइवानले बताएको छ ।

पेलोसीले मंगलबार ताइवानको छोटो भ्रमण गरेकी थिइन, जसलाई लिएर ताइपेय बेइजिङसँग क्रुद्ध बनेको छ । ताइवानलाई चीनले आफूबाट छुट्टिएको अभिन्न अंशको रूपमा हेर्दै आएको छ ।

ताइवान वरपर हुन लागेको सैन्य अभ्यास अहिलेसम्मकै ठूलो भएको बताइएको छ । चीनले ताइवानसँगको केही व्यापारमा पनि प्रतिबन्ध लगाएको छ । सैन्य अभ्यास व्यस्त जलमार्गहरूमा हुनेछ ।

ताइवानले यो अभ्यासलाई समुद्री र हवाई नाकाबन्दी मानेको छ । उसले जहाजहरूलाई विभिन्न मार्गहरू अप्नाउन आग्रह गरेको छ । उसले वैकल्पिक उड्डयन मार्ग खोज्न जापान र फिलिपिन्ससँग वार्ता गरिरहेको छ ।

हालैका दिनहरूमा धेरै मन्त्रालयहरूले साइबर आक्रमणको सामना गरेका ताइवान सरकारले जनाएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले सैन्य अभ्यास गैरजिम्मेवारपूर्ण भएको र तिनीहरू नियन्त्रण बाहिर जान सक्ने चेतावनी दिए । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार