श्रावण ५, २०८२ सोमबार July 21, 2025

यसरी बनाउनुहोस् निःशुल्क ‘कल ट्रान्सफर’ सेवा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल टेलिकमले ‘कल ट्रान्सफर’ सेवा निःशुल्क रुपमा ग्राहकले नजीकैको कार्यालयमा गई लिन सक्ने व्यवस्था मिलाएको छ ।

सेवा प्राप्त भएपश्चात् ग्राहक स्वयंले नै चार अङ्कको लक कोड नम्बर आवश्यकताबमोजिम प्रयोग गरी सिधै ‘कल ट्रान्सफर’ अर्थात् एउटा नम्बरमा आउने कल सिधै अर्को नम्बरमा जाने व्यवस्था मिलाइएको टेलिकमका प्रवक्ता राजेश जोशीले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । कल गरिएको नम्बर व्यस्त भएमा, व्यस्त हुँदा तत्काल अर्को नम्बरमा र चार पटकसम्म घण्टी बज्दा पनि फोन नउठेमा सो कल अर्को नम्बरमा ‘कल ट्रान्सफर’ गर्न सकिने सुविधा आवश्यकताबमोजिम उपयोग गर्न सकिने उहाँले बताउनुभयो ।

‘कल ट्रान्सफर’ वा अन्य प्रयोजनका लागि प्रयोग हुने लक कोड ग्राहक आफैँले परिवर्तन गर्न सक्छन् । यो सुविधा देशभरका टेलिकमका ल्यान्ड लाइन नम्बरमा उपलब्ध छ । सबै सुविधा सक्रिय र निष्क्रिय बनाउन आफ्नो एक्सचेन्जअनुरुप केही कि वर्ड डायल गर्नुपर्ने हुन्छ । जसको विवरण नजीकको दूरसञ्चार कार्यालय वा कम्पनीको वेबसाइट ‘एनटिसी डट नेट डट एनपी’लतअ।लभत।लउ बाट प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ ।

कोरोना भाइरसको महामारीका कारण हाल विश्वभरि नै अन्तर्राष्ट्रिय तथा आन्तरिक आवतजावत सङ्कुचित हुनाका साथै व्यवसायलाई निरन्तरता दिने शैलीमा परिवर्तन आएका बेला टेलिकमको यो सेवाले ग्राहकलाई राहत दिएको छ । घरबाटै कार्यालय वा व्यावसायिक काम गर्ने शैलीलाई बिस्तारै आत्मसात् गरिँदैछ ।

यस्तो अवस्थामा सेवाग्राहीले कार्यालय÷पसलमा फोन गर्दा कर्मचारीको अनुपस्थितिले फोन उठाउन र सेवा लिन वा दिनबाट वञ्चित हुनुपर्ने पनि देखिएको छ । यस्तै असामान्य परिस्थितिमा टेलिकमले उपलब्ध गराएको ‘कल ट्रान्सफर’ सुविधाले केही राहत दिनसक्छ ।

टेलिकमका तारवाला टेलिफोनमा आउने फोन अर्को मोबाइल नम्बर, सिडिएमए नम्बर वा तारवाला टेलिफोनमा ट्रान्सफर गर्न सकिन्छ । सबै आगमन कललाई सिधै वा फोन व्यस्त भएमा मात्र वा फोन नउठेको अवस्थामा नेपाल टेलिकमकै अर्को नम्बरमा ग्राहक आफैँले ‘कल ट्रान्सफर’ गर्न सकिन्छ । यो सुविधाको प्रयोगले कार्यालयमा कोही नभएका समयमा आउने टेलिफोन नछुटाई अर्को फोनमा उठाउन सकिन्छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार