काठमाडौंः मन्त्रिपरिषद् बैठकले संघ र प्रदेशको निर्वाचनको मिति घोषणा गरेको छ।
आज (बिहीबार) प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गतेका लागि प्रादेशिक र संघीय निर्वाचनको मिति घोषणा गरेको हो।
मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गते एकै चरणमा सम्पन्न गर्ने गरी निर्वाचनको मिति घोषणा गरेको एक मन्त्रीले देश सञ्चारलाई जानकारी दिए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया