श्रावण ५, २०८२ सोमबार July 21, 2025

यी हुन् नेपालमा उपलब्ध भारतबाट आयात हुने करोड भन्दा बढी मूल्यका कार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भारतमा प्लान्ट स्थापना गरी सवारीसाधन उत्पादन गरिरहेका केही बहुराष्ट्रिय ब्रान्डका कारहरु नेपाली बजारमा करोड भन्दा बढी मूल्यमा कारोबार भैरहेका छन् । भारत भन्दा अन्य देशमा यी कम्पनीको मुख्य उत्पादन थलो भए पनि नेपालमा भने भारतबाटै यी सवारी साधन आयात हुन्छन् ।

यस्ता ब्रान्डमध्ये टोयोटाका साधन सबैभन्दा महंगो रहेको छ । टोयोटाको फर्चुनर एसयुभी भारतबाट आयात भई नेपाली बजारमा कारोबार हुने सबैभन्दा महंगो कार हो । २७ सय ५५ सीसी क्षमतको यो एसयूभीको म्यानुअल ट्रान्समिसन भेरिएन्टको मूल्य २ करोड १० लाख कायम गरिएको छ । त्यसैगरी फर्चुनरकै अटोमेटिक भेरिएन्टको मूल्य २ करोड २२ लाख तोकिएको छ ।

टोयोटा फर्चुनरपछि फोर्ड एन्डेभर भारतबाट आयात हुने महंगो कारको सूचीमा दोस्रो स्थानमा छ । २ हजार सीसी क्षमताको यो एसयूभी अटोमेटिक र स्पोर्ट्स अटोमेटिक गरी २ भेरिएन्टमा उपलब्ध छ । जसको मूल्य नेपाली बजारमा क्रमशः १ करोड ६५ लाख र १ करोड ६९ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

फोर्डपछि भारतबाट आयात हुने अर्को महंगो एसयूभी हो होन्डा सीआरभी । १६ सय सीसी क्षमताको यो गाडीको मूल्य नेपाली बजारमा १ करोड ४३ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ । त्यसैगरी यो क्लबमा समावेश स्कोडा सुपर्व र जिप कम्पासको उत्पादन समेत भारतीय बजारमै हुनेगरेको छ । २ हजार सीसी क्षमताको स्कोडा सुपर्व सेडानको मूल्य नेपाली बजारमा १ करोड ३९ लाख निर्धारण गरिएको छ ।

अमेरिकन आइकनिक ब्रान्ड जिपको नयाँ कम्पास भारतीय बजारमा उत्पादन भई नेपाल आउने अर्को लोकप्रिय मोडल हो । कम्पासको ५ वटा भेरिएन्ट करोडमाथि क्लबमा समावेश छन् । यसको १४ सय सीसी क्षमताको लिमिटेड एडिसनको मूल्य नेपाली बजारमा १ करोड ११ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

त्यसैगरी २ हजार सीसी क्षमताको कम्पास अटोमेटिकको मूल्य १ करोड ९ लाख ९० हजार, स्पोर्ट मोडलको अटोमेटिक भेरिएन्टको १ करोड १८ लाख ९० हजार, कम्पास अटोमेटिक फोर बाई फोर भेरिएन्टको मूल्य १ करोड २७ लाख ९० हजार र स्पोर्ट मोडल फोर बाई फोर अटोमेटिक भेरिएन्टको १ करोड ३६ लाख ९० हजार रुपैयाँ तोकिएको छ । करोड माथिको क्लबमा यो एसयूभी सर्बाधिक बिक्री हुने मोडलका रुपमा परिचित छ । नेपाल अटो

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार