काठमाण्डौंः बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले पल्सर सिरिजका मोटरसाइकलमा नयाँ स्किम ल्याएको छ । उक्त स्किम अन्तर्गत ग्राहकले पल्सरको ४ भिन्न मोडललाई कम डाउनपेमेन्ट अर्थात किस्ता मध्ये एक छानेर खरिद गर्न सक्नेछन् ।
यो नयाँ स्किम अनुसार कम डाउनपमेन्टमा खरिद गर्दा ग्राहकले शुरुवातमा २५ प्रतिशत रकम भुक्तानी गर्नुपर्नेछ । वाँकी हुन आउने ७५ प्रतिशत रकमलाई २४ महिनाको किस्तावन्दिमा भुक्तानी गर्न सक्नेछन् । यसरी भुक्तानी गर्दा १२ प्रतिशत व्याज लाग्नेछ ।
यसैगरी कम किस्ताको सुविधामा खरिद गर्दा शुरुवातमा ५० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्नेछ भने वाँकी हुन आउने ५० प्रतिशत रकमलाई १८ महिनाभित्र भुक्तानी गरिसक्नुपर्ने जनाइएको छ । यसमा भने ग्राहकले ६ प्रतिशत मात्र व्याज तिरे पुग्नेछ ।
यो स्किम कम्पनीले पल्सर १२५, पल्सर १५० एसडी, २०० एनएस एबिएस एफआई र २२० एफ एविएसमा लागु हुने बताएको छ । जसअन्तर्गत पल्सर १२५ खरिद गर्न चाहने ग्राहकले ६१ हजार ७२५ रुपैयाँको डाउनपेमेन्ट अर्थात ७ हजार १८९ रुपैयाँको मासिक किस्तामध्ये एक छान्न पाउनेछन् । यो वाइकको मूल्य २ लाख ४७ हजार रुपैयाँ तोकिएको छ ।
पल्सर १५० एसडिमा ७० हजार ७२५ रुपैयाँको डाउनपेमेन्ट अर्थात ८ हजार २३७ रुपैयाँको मासिक किस्तामध्ये एक र २०० एनएस एफआई एविएसमा ९८ हजार ९७५ रुपैयाँ डाउनपेमेन्ट अर्थात ११ हजार ५२७ रुपैयाँको मासिक किस्तामध्ये एक छान्न पाउनेछन् । यी वाइकको मूल्य क्रमश २ लाख ८३ हजार र ३ लाख ९६ हजार रुपैयाँ पर्छ ।
पल्सर सिरिज अन्तर्गतकै अर्को लोकप्रिय मोडल २२० एफ एबिएसमा ९८ हजार ७२५ रुपैयाँ डाउनपेमेन्ट अर्थात ११ हजार ४९८ रुपैयाँ मासिकि किस्ता मध्ये एक छानेर लिन सकिनेछ । यो मोटरसाइकलको मूल्य ३ लाख ९५ हजार रुपैयाँ निर्धारण गरिएको छ । नेपाल अटो
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया