जेठ ५, २०८१ शनिबार May 18, 2024

कस्मेटिक्स कारखानाबाट नक्कली कस्मेटिक्स सामानहरु बरामद

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गोकर्णेश्वर नगरपालिका-६ नयाँ बस्तीसर्बेश्वर मार्गस्थित दिपिका अग्रवालको नाममा दर्ता रहेको मिसेल कस्मेटिक्स प्रालि नामको कारखानाबाट नक्कली कस्मेटिक्स सामानहरु बिहीबार बरामद गरिएको छ ।

उक्त कारखानामा नक्कली कस्मेटिक्स सामानहरु उत्पादन गर्ने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं, प्रहरी वृत्त बौद्ध, बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागबाट संयुक्त रुपमा खटिएको टोलीले बिभिन्न कम्पनीका सौन्दर्य प्रसाधनका सामग्रीहरू स्याम्पु हेयर, ट्रिटमेन्ट क्रिम, हेयर ओयल लगायत नक्कली रूपमा उत्पादन गर्न प्रयोग हुने कच्चा पदार्थ, तयारी अवस्थाको नक्कली सामान सहित फेला पारी बरामद गरेको हो ।

उक्त कारखानाबाट  तयारी समानहरु Dexe लेखिएको ब्याक हेयर स्याम्पु ७३ कार्टुन, Grandeur Hydrating Keratin लेखिएको १ सय ९० कार्टुन, Allons Heircare लेखिएको ३ सय कार्टुन,  Head & Shampoo १ सय पिस,  क्रिम बनाउने कच्चा पदार्थ भएको सेतो ५० लिटरको ड्रम १ सय ६० थान, कच्चा पदार्थ भएको २५ केजीको बोरा २० थान, मिक्सर मेसिन ४ थान, टेपिङ्ग मेसिन १ थान, फिलिङ्ग मेसिन २ थान, प्याकिङ्ग मेसिन थान, लेवलिङ्ग मेसिन १ थान, फिल इन मेसिन २ थान, मिति छाप्ने मेसिन १ थान बरामद भएको छ ।

बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागद्वारा थप अनुसन्धानका लागि उक्त कारखाना सिल गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ  ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिरहा, धनुषा, सप्तरी तथा महोत्तरी जिल्लाको सीमा नाका तीन दिन बन्द रहने
२०८१ जेठ ५, शनिबार
शनि भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् आजको राशिफल
२०८१ जेठ ५, शनिबार
यी हुन् मन्त्रिपरिषद् बैठकका १८ निर्णयहरु (सूचीसहित)
२०८१ जेठ ५, शनिबार
पार्टी विभाजन गरेका नेता तथा सांसदहरूलाई मूल पार्टीमा फर्किन उपेन्द्र यादवको आग्रह
२०८१ जेठ ५, शनिबार
काठमाण्डौं-तराई-मधेस द्रुतमार्ग : लेनडाँडा सुरुङमार्गको ब्रेक थ्रु
२०८१ जेठ ५, शनिबार
सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी डीआईजी न्यौपानेलाई
२०८१ जेठ ५, शनिबार
डोल्पा जिल्ला अस्पतालको आधुनिक भवन निर्माण
२०८१ जेठ ४, शुक्रबार