असार २१, २०८२ शनिबार July 5, 2025

एभीसी च्याम्पियनसिप ६ महिना पछि सर्‍याे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । बंगलादेशमा आयोजना हुने एसियन भलिबल कन्फेडेरेसन (एभीसी) सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिप ६ महिना पछि सरेको छ।

कोरोना भाइरसको कारण देखाउँदै आयोजक बंगलादेश भलिबल फेडेरसनले आगामी चैतमा तय भएको प्रतियोगिता ६ महिना पछि सरेको जानकारी गराएको हो।

प्रतियोगिता ६ महिना पछि सरेको र अर्को मितिको टुंगाे नलागेको नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले जानकारी दिए। यस अघि प्रतियोगिता चैत ९ देखि १५ गतेसम्म हुने भनिएको थियो।

प्रतियोगिताको मिति सरेपछि भलिवल संघले टोलीको प्रशिक्षण पनि रोकेको छ। च्याम्पियनसिपका लागि नेपालले १८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिसकेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया