काठमाण्डौः सर्वोच्च अदालतका प्रधानन्याधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि प्रतिनिधिसभामा छलफल हुने भएको छ।
प्रतिनिधिसभाको बैठक आइतबार बिहान ११ बजे बोलाइएको छ। बैठकको सम्भावित कार्यसूचीमा जबराविरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफल पनि राखिएको छ। संघीय संसद्का महासचिव भरतराज गौतमले आइतबारको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीको अन्तिम विषयमा ‘महाअभियोग प्रस्तावमाथि छलफल’ पनि राखिएको छ।
सम्भावित कार्यसूचीमा भनिएको छ, ‘मिति २०७८ फागुन २९ गतेको बैठकमा देवप्रसाद गुरुङले नेपालको संविधानको धारा १०१ को उपधारा २ एवं प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १६१ को उपनियम १ बमोजिम प्रस्तुत गर्नुभएको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावमाथि छलफल हुने।’
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया