असार २८, २०८२ शनिबार July 12, 2025

सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँटका लागि सत्ता गठबन्धनको बैठक बस्दै छ ।

सिट बाँडफाँटका लागि गठन गरिएको गठबन्धनको कार्यदलको पहिलो बैठक बस्न लागेको हो । सीट बाँडफाँटको मोडालिटी तय गर्न सत्ता गठबन्धनले कार्यदल गठन गरेको थियो । उक्त कार्यदलको बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो ।

गठबन्धनले यसअघि सिट संख्या बाँडफाँट मिलाउन ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।

कार्यदलमा नेपाली कांग्रेसबाट तीनजना र अन्य दलबाट दुई/दुई जना सदस्य रहेका छन् । कार्यदलमा कांग्रेसबाट कृष्ण प्रसाद सिटौला, गगन थापा र ज्ञानेन्द्र बहादुर कार्की रहेका छन्। यस्तै, नेकपा माओवादीबाट वर्षमान पुन र जनार्दन शर्मा रहेका छन् ।

नेकपा एकीकृत समाजवादीबाट बेदुराम भुसाल र प्रमेश हमाल कार्यदलका सदस्य रहेका छन् । जसपाबाट रामसहायप्रसाद राय र रकम चेम्जोङ  र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार