काठमाण्डौंः नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले निर्वाचनको घोषणा पश्चात् संसद् जीवित रहनु संविधानअनुसार भएको बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संसद्लाई अहिले कुनै विजनेश दिनु गलत भएको धारणा राख्नुभयो । उहाँले अदालतमा समस्या एवं विकृति धेरै रहेकाले त्यसको पूर्ण सुधार हुनु आवश्यक रहेको बताउनुभएको हो ।
पोखरेलले मुलुकको विकास र समृद्धिका लागि गठबन्धन आवश्यक नरहेको चर्चा धारणा व्यक्त गर्नुभयो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया