असार ३०, २०८२ सोमबार July 14, 2025

अनधिकृत विद्यार्थी भर्ना नगर्न चिकित्सा शिक्षा आयोगको निर्देशन (पत्रसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षामा नतिजाको योग्यताक्रममा रही तोकिएको कार्यविधिका आधारमा म्याचिङ प्रक्रियामा सहभागी नभएका विद्यार्थी भर्ना नगर्न निर्देशन दिएको छ ।

आयोगले सूचना जारी गर्दै म्याचिङमा सहभागी नभएका उम्मेदवार कुनै पनि शैक्षिक संस्था र कार्यक्रममा भर्ना हुन नसक्ने जनाउँदै विद्यार्थी भर्ना नगर्ने निर्देशन दिएको हो ।

आयोगको एकीकृत प्रवेश परीक्षाको म्याचिङ प्रणाली सम्बन्धी कार्यविधि अनुसार मात्रै भर्ना गर्नुपर्ने र त्यस्ता उम्मेदवारहरुको आयोगमा कुनै प्रकारको अभिलेख समेत नरहने प्रावधान सम्बन्धित जनाएको छ । खबरएजुकेशन

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया