श्रावण ५, २०८२ सोमबार July 21, 2025

सामसङ मोबाइलमा मात्र हुने ५ फिचर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सबै एन्ड्रोइड फोनमा एउटै अनुभव पाउन सकिन्न । गुगलले एन्ड्रोइड अपरेटिङ सिस्टमको आधारभूत कुराहरू तयार गर्दैगर्दा माेबाइल निर्माता कम्पनीहरूले आफ्नै निश्चित विशेषता थप गर्ने गर्छन् ।

गुगल आफैँले पनि एन्ड्रोइड फिचरको आधारमा आफ्नो स्मार्टफोन पिक्सेलमा अन्य फोनमा भन्दा फरक फिचरहरू थप गर्नेगर्छ । यसरी नै सामसङले एन्ड्रोइडको आधारमा आफ्ना फोनमा नयाँ फिचर थप गर्नेगर्छ ।

सामसङले एन्ड्रोइडको ‘वन यूआई’ संस्करण प्रयोग गर्छ । सामसङका केही यस्ता फिचर पनि छन्, जुन अन्य कम्पनीहरूको एन्ड्रोइड फोनमा पाउन सकिँदैन ।

१. प्रयोग नहुने एप लुकाउन सकिने फिचर 

मोबाइलमा सधैँजसो प्रयोग हुने एपसँगै कहिलेकाहिँ मात्र प्रयोगमा आउने एपहरू पनि हुन्छन् । यदि प्रयोगकर्ता धेरै प्रयोग नगरिएका एपले आफ्नो स्क्रिनमा ठाउँ नलियाेस् भन्ने चाहन्छन् ।

किनकि यसले इन्टरफेसलाई अव्यवस्थित बनाउँछ, भने यसका लागि सामसङमा यस्ता एपलाई लुकाउने व्यवस्था छ ।

एपहरू अनइन्स्टल गर्नु पनि एउटा विकल्प हो । तर एकदम कम प्रयोग हुने भएका कारण प्रयोगकर्ताले सो एपलाई अनइन्स्टल नगर्न पनि सक्छन् । यस्तो अवस्थामा उक्त एपलाई लुकाउन सकिन्छ ।

– मोबाइलको होम स्क्रिनबाट एप स्क्रिनमा जानुहोस् र स्क्रिनको माथिपट्टि दायाँतिर भएको तीनवटा थोप्लामा क्लिक गर्नुहोस् ।

– त्यसपछि सेटिङमा ट्याप गर्नुहोस् ।

– हाइड एप अप्सनमा क्लिक गर्नुहोस् ।

– आफूले चाहेको एप लुकाउन उक्त एपलाई सेलेक्ट गर्नुहोस् ।

यसरी लुकाएको एपलाई प्रयोग गर्नुपरेमा मोबाइलको सर्च बक्समा गएर लुकाएको एपको नाम क्लिक गर्नुहोस् ।

२. डिभाइसलाई व्यवस्थित बनाउने फिचर 

मोबाइलको सेटिङ एपमा गएर ब्याट्री एन्ड डिभाइस केयर अप्सनमा क्लिक गरेपछि फोनको स्क्रिनलाई व्यवस्थापन गर्ने विभिन्न अप्सनहरू भेटिन्छन्, जुन अन्य एन्ड्रोइड डिभाइसमा पाइँदैन ।

यो अप्सनभित्र मोबाइलको ब्याट्रीको स्थिति कस्तो छ, स्टोरेज फ्री गर्ने अप्सन, सिस्टम मेमोरी लगायत डिभाइसलाई सुरक्षित राख्न अन्य विभिन्न सेक्युरिटी अप्सनहरू पाउन सकिन्छ ।

यहाँ गएर मोबाइलमा भएका अनावश्यक डेटा, एकैप्रकारको धेरैओटा फाइल, सबैभन्दा ठूलो फाइल लगायतका डेटालाई व्यवस्थापन गर्न सकिन्छ ।

३. अल्वेज-अन डिस्प्लेलाई कस्टमाइज गर्नुहोस् 

सामसङको स्मार्टफोनमा डिस्प्लेको नियन्त्रणमा प्रयोगकर्तामा बढी हुनेगर्छ । प्रयोगकर्ताले आफ्नो लक स्क्रिनमा के देख्न मिल्ने अथवा के देख्न नमिल्ने लगायतका कुराहरूको व्यवस्थापन गर्न सक्छन् ।

मोबाइलको सेटिङमा गई लकस्क्रिन अप्सनमा क्लिक गरेर अल-वेज अन डिस्प्लेमा क्लिक गर्ने, अनि आफ्नो इच्छाअनुसार आफ्नो लकस्क्रिनलाई कस्टमाइज गर्न सकिन्छ ।

प्रयोगकर्ताको सामसङको लकस्क्रिनमा कति समयका लागि अलवेज-डिस्प्ले इनेबल गर्नेदेखि लिएर, लकस्क्रिनको टेक्स्टमा कति ब्राइटनेस राख्ने, लकस्क्रिनमा मिडिया प्लेब्याक अप्सन राख्ने कि नराख्ने लगायतका फिचर प्रयोग गर्न सकिन्छ ।

यद्यपि सामसङकै केही बजेट फोनमा भने यो फिचर नहुन पनि सक्छ ।

४. सुरक्षित फोल्डर क्रियट गर्न मिल्ने फिचर 

सामसङले आफ्ना मिडरेन्ज र फ्ल्यागशिप स्मार्टफोन प्रयोगकर्ताहरूको लागि ‘सेक्योर फोल्डर’ नामक फिचर ल्याएको छ । यस्तो प्रकारको फोल्डरमा मोबाइलमा भएका कुनै पनि फाइलहरू सुरक्षित गरेर राख्न सकिन्छ ।

यसरी सुरक्षित गरेर राखिएको फोल्डरलाई खोल्नको लागि फिंगरप्रिन्ट, पिनकोड अथवा कुनै प्याटर्नको आवश्यकता पर्दछ भने यसभित्र भएका सबै डेटा गोप्य हुन्छन् ।

यो फिचर प्रयोग गर्न मोबाइलको सेटिङ एपमा गएर बायोमेट्रिक एन्ड सेक्युरिटी अप्सनभित्रको सेक्योर फोल्डर अप्सनमा ट्याप गर्नुपर्ने हुन्छ । त्यहाँ भएको प्लस आइकनमा क्लिक गरेर आफूले सुरक्षित राख्न चाहेको फाइलहरू एड गर्न सकिन्छ ।

५. सामसङ डेक्स (Samsung DeX) फिचर 

धेरै फोटो इडिट गर्नुपर्‍यो, अथवा वर्ड प्रोसेसिङको काम गर्नुपर्‍यो भने यो फिचर उपयोगी हुन्छ । प्रयोगकर्ताले यो फिचर प्रयोग गरेर आफ्नो फोनलाई कीबोर्ड, माउस अथवा कम्प्युटर मनिटरसहित प्रयोग गर्न सक्छन् ।

यो फिचरको प्रयोग गरेर आफ्नो स्मार्टफोन डेस्कटप जस्तै गरी प्रयोग गर्न सकिन्छ । यसमा कीबोर्ड शर्टकट, फ्लोयटिङ विन्डोज लगायतका फिचर छन् ।

यद्यपि यो फिचर भने सामसङको ग्यालेक्सी एस सिरिजका स्मार्टफोनहरूमा मात्र उपलब्ध छ । डेक्स केबल प्रयोग गरेर प्रयोगकर्ताले आफ्नो स्मार्टफोनलाई डेस्कटपमा प्रयोग गर्नसक्छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार