असार २५, २०८२ बुधबार July 9, 2025

आक्रमणमा दुई प्यालेस्टाइनीको मृत्यु, चालीस घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंक सहर नाब्लसको एक घरमा छापा मार्दा मङ्गलबार एक वरिष्ठ लडाकू कमाण्डरसहित दुई प्यालेस्टाइनीको मृत्यु भएको सेनाले जानकारी दिएको छ ।

इजरायल र इस्लामिक जिहाद लडाकूहरू बीचको भीषण लडाईपछि भएको युद्धविरामको कारण रोकिएको युद्धको दुई दिनपछि पुनः पछिल्लो हिंसा भएको छ ।

प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयअनुसार कम्तीमा ४० प्यालेस्टाइनी घाइते भएका छन् । ती मध्ये चारको अवस्था गम्भीर रहेको छ ।आतङ्कवादी इब्राहिम अल–नाबुलसी र अर्का एक आतङ्कवादी नाब्लस शहरमा मारिएका इजरायली सेनाद्वारा प्रकाशित  विज्ञप्तिमा जनाइएको छ ।

प्यालेस्टिनीहरूले सेनामाथि ढुङ्गा हानेपछि नाब्लसका अन्य भागहरूमा पनि इजरायली सेनासँग झडप भएको थियो । मार्चको अन्त्यदेखि हालसम्म कम्तीमा ५७ प्यालेस्टाइनीहरू मारिएका छन्् । यी प्रायः वेस्ट बैंकका नै भएका समाचारमा जनाइएको छ । रासस/एएनआइ

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार