असार २५, २०८२ बुधबार July 9, 2025

रुसी आक्रमणमा तेह्र सर्वसाधारण मारिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मध्य युक्रेनको निप्रोपेट्रोभस्क क्षेत्रमा भएको रुसी आक्रमणमा परी तेह्र जना सर्वसाधारण मारिएका स्थानीय गभर्नरले बुधबार बताउनु भएको छ ।

‘यो भयानक रात थियो । एघार जना मारिए’ भ्यालेन्टिन रेज्निचेन्कोले टेलिग्राममा लेख्नु भएको छ । घाइते मध्ये दुई जनाको मृत्यु भएपछि यस आक्रमणमा मारिएका व्यक्तिको सङ्ख्या १३ पुगेको गभर्नर थप जानकारी दिनु भएको छ ।

जापोरिझ्झिया आणविक उर्जा केन्द्रबाट निपर नदीको अर्को छेउमा रहेको मार्गानेट गाउँमा भएको आक्रमणमा परी १२ जना मारिएका क्षेत्रीय परिषद्का प्रमुख माइकोला लुकाशुकले बताउनु भएको छ ।

प्रशासनिक भवनहरु, अग्लो भवनहरु, एउटा विद्यालय, एउटा सांस्कृतिक दरबार, एउटा नगर परिषद्को भवन,“ क्षतिग्रस्त भएको उहाँले बताउनु भएको छ । रुस र युक्रेनले एकअर्कालाई प्लान्टनजिकै गोलाबारी गरेको आरोप लगाएका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया